मुख्य समाचारसमाचारसूचना प्रविधि

औंलाको टुप्पोले नै थुनेर निभाउन सकिन्छ ग्यास…

Gobal IME Bank

एजेन्सी । ग्यास सिलिण्डरमा आगलागी हुँदा प्राय हामी सबै आत्तिन्छौं तर यस्तो बेला नआत्तिई सामान्य घरेलु तरिकाबाट आगो नियन्त्रण गर्न सकिन्छ ।

ग्यास सिलिण्डरमा लागेको आगो निभाउने केही घरेलु तरिका छन्।

पहिलो,औंलाको प्रयोग
यदि सिलिण्डरको रेगुलेटरमा मात्र आगो सल्केको हो भने पाइप निकालेर औंलाले रेगुलेटरको टुप्पो थुनेर आगो निभाउन सकिन्छ।

‘आगो निभ्नेबित्तिकै रेगुलेटर पनि अफ गरिहाल्नुपर्छ ।

दोस्रो तरिका बाल्टिनले छोप्ने

‘सिलिण्डरको रेगुलेटरलाई माथिबाट बाल्टिनले छोप्यो भने आगो नियन्त्रण हुन्छ र आगो निभ्ने बित्तिक्कै रेगुलेटरलाई अफ गर्न भने भुल्नु हुँदैन ।

तेस्रो, तन्ना र पर्दाको प्रयोग
बलिरहेको ग्यास सिलिण्डरलाई तन्ना वा पर्दाले वरीपरीबाट बेरेर बाँध्यो भने आगो निभ्छ।

यही तरिकामा तन्नालाई बाक्लो पट्याएर हान्दा पनि आगो निभ्छ ।

अग्नि नियन्त्रण यन्त्रको प्रयोग व्यावसायिक भवन वा आवासीय आगलागीबाट जोगिनका लागि फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र) राख्नु अत्यन्त जरुरी भएको छ ।

अस्पताल, ब्याङ्क, व्यापारिक भवन, विमानस्थल, होटल, कारखाना, पेट्रोल पम्प जस्ता ठाउँमा विभिन्न आकारका साना सिलिण्डर सहितका फायर एक्सटिंग्विशर राखिएको हामीले देखेकै छौं ।

पछिल्लो समय आवासीय भवनहरूमा समेत यस्तो यन्त्रको प्रयोग शुरु भएको छ ।
उपभोक्ताहरूमा चेतनाको कमीको कारण निजी घरहरूमा यो उपकरणको प्रयोग निकै कम भएको गरिन्छ । बाक्लो बस्ती भएको शहरका घरहरूमा यो झन् जरुरी सुरक्षा उपाय हो ।

मोनो एमोनिया फस्फेट पाउडर, कार्बनडाइअक्साइड ग्यास र नाइट्रोजन ग्यास भरिएका यी सिलिण्डरको ढकनमा रहेको सिल तोडेर ह्याण्डल थिच्दा निक्लने उक्त मिश्रणले आगो निभाउँछ ।

यो सिलिण्डरभित्र भएको ग्यास र पाउडर सामान्यतया पाँच वर्षसम्म प्रयोग गर्न सकिन्छ । सिलिण्डरको माथिल्लो भागमा हुने घडी आकारको उपकरणको सुई रातोमा पुगेको छ भने त्यसलाई प्रयोग गर्न सकिन्न । यसो भएमा तुरुन्तै ग्यास र पाउडर फेर्नुपर्ने हुन्छ ।

आपत्कालमा उपयोग गरिने निकै संवेदनशील यन्त्र भएका कारण यसलाई प्यासेज वा सिंढीको भित्तामा तुरुन्तै भेट्न सकिने ठाउँमा राख्नुपर्छ । आगो निभाउने बेलामा यसको प्रयोग गर्दा हावाको बहावलाई समेत ख्याल गर्दै आगोको विपरीत दिशाबाट यसको ह्याण्डल थिच्नुपर्दछ । ह्याण्डल थिच्दा निस्कने ग्यासले आगो निभाउँछ ।

नेपालको बजारमा १ केजीदेखि ९ केजीसम्मका फायर एक्सटिंग्विशर सिलिण्डर पाइन्छन् । अक्सर घरहरूमा २ केजीसम्म तौलका सिलिण्डर राखिएको पाइन्छ । भारत र मलेशियाबाट आयात हुने यस्तो एउटा सिलिण्डरको बजार मूल्य रु ८५० देखि ३५०० सम्म पर्छ ।
यो त ग्यासको रेगुलेटरमा लागेको आगोको कुरा भयो। ग्यासको पाइपमा आगलागी भयो भने के गर्ने ?

यसको लागि सजिलो तरिका छ आगो बलिरहेको पाइपलाई बीचमा भाच्दाआगो निभ्छ।

ग्यास सिलिण्डरमा आगलागी भयो भने नआत्तिई काम गर्नुपर्छ।

‘सकेसम्म यस्ता घरेलु तरिकाहरु अपनाउने र नजिकैको अग्नि नियन्त्रण कार्यलयमा खबर गरिहाल्नु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button