गुड न्यूज 24समाचार

नेपाल र जर्मनी सरकारबीच द्विपक्षीय श्रम सम्झौता, नेपाली श्रमिकलाई पनि जर्मन नागरिक सरह नै सेवा सुविधा

Germany

Gobal IME Bank

काठमाडौँ । नेपाल र जर्मनी सरकारबीच जर्मन नागरिकसरह सेवा सुविधा पाउने गरी नेपालका प्रशिक्षार्थी श्रमिक लैजाने सन्दर्भमा द्विपक्षीय श्रम समझदारी भएको छ ।

नेपाल सरकारका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जर्मनी सरकारका तर्फबाट त्यहाँको मानव संशाधन मन्त्रालयका उच्च प्रतिनिधिले नेपालबाट शून्य लागतमा प्रशिक्षार्थी श्रमिक लैजाने विषयको समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

युरोपेली देश रोमानियासँग गएको शुक्रबार मात्रै द्विपक्षीय श्रम समझदारी पत्रमा हस्ताक्षर भएको थियो । जर्मनीमा रोमानिया जसरी श्रम स्वीकृति नभई अनलाइन प्रणालीबाट आवेदन माग गरेर एक वर्षे प्रशिक्षार्थीका रुपमा नेपाली श्रमिक जर्मनी जान सक्ने छन् ।

जर्मनी जानेहरुले आफ्नो रुचि र क्षमता अनुसार सिप सिकेर पास भएपछि मात्रै सम्बन्धित क्षेत्रमा काम गर्न सक्ने भनी समझदारीपत्रमा उल्लेख गरिएको छ । जर्मनी जानका लागि विशेष क्षेत्र तोकिएको छैन र आवश्यकताका आधारमा आवेदन माग गरेर सबै क्षेत्रमा पठाउन खुला गरिएको छ ।

श्रम समझदारीसँगै जर्मनीमा नेपाली श्रमिक जानका लागि बाटो खुले पनि कार्यान्वयनमा जान केही समय नेपालले तयारी गर्नु पर्ने देखिएको श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिएका छन ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button