मनोरञ्जनसमाचार

‘केजीएफ-३’ २०२५ सम्म बन्ने, आउने भागमा ‘यश’ रिप्लेस हुने संकेत

Gobal IME Bank

एजेन्सी । विश्वभरका दर्शकहरुले मन पराएको तेलुगु चलचित्र ‘केजीएफ’ को तेस्रो भाग बन्ने भएको छ । केजीएफ निर्माण कम्पनी होम्बले फिल्म्सले २०२५ सम्म ‘केजीएफ’ को तेस्रो भाग रिलिज गर्ने बताएका छन् ।

होम्बले फिल्म्सका संस्थापक विजय किरांगन्दुरले ‘केजीएफ’ अभिनेता यशको जन्मदिन पारेर फिल्मको प्रदर्शन मिति बाहिर ल्याएका हुन्। भारतीय सञ्चार माध्यमका अनुसार यतिबेला फिल्मका निर्देशक प्रशान्त नील फिल्म ‘सालार’को निर्माणमा व्यस्त रहेको र त्यसपछि भने ‘केजीएफ ३’ को काम सुरु गर्नेछन् ।

होम्बले फिल्म्सका संस्थापक विजय किरांगन्दुरले केजीएफलाई पाँच भागमा बनाउने र पाँचौं भागपछि मुख्य नायकलाई रिप्लेस गर्ने सम्भावना पनि रहेको खुलाएका छन् ।

आगामी दिनमा यशबाहेक अरु कोही फिल्मको मुख्य नायक रकी भाइको भूमिकामा देखिने पनि विजयले बताए ।

यशलाई केजीएफ फिल्मले सुपरस्टार बनाउन सफल रहयो र उनको चरित्र ‘रकी भाइ’ले दर्शकको मनमा राज गर्न सफल रह्यो । केजीएफले विश्वभर १२ सय करोड भारतीय रुपैयाँको कमाई गरेको थियो भने यो फिल्म भारतको विश्वभर सबैभन्दा धेरै कमाउने फिल्महरूमा तेस्रो नम्बरमा र भारतमा सबैभन्दा धेरै कमाउने दोस्रो नम्बरमा आउन पनि सफल रह्यो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button