अन्यगुड न्यूज 24समाचार

गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेस्क’ स्थापना

Kathmandu Bus Park

Gobal IME Bank

काठमाडौँ। दशैँमा घर जाने यात्रुहरुलाई लक्षित गरी काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्य उपचार र आवश्यक औषधि वितरण गरिएको जानकारी दिएका छन् ।

हेल्थ डेस्कमा काठमाडौँ महानगरपालिका वडा नम्बर २६ को टोलीलाई खटाइएको छ । भट्टले दुई दिनमा पाँच सयभन्दा बढी यात्रुले स्वास्थ्य सेवा लिएको बताए । महानगरपालिकाको टोलीले नयाँ बसपार्कमा यात्रुका लागी पिउने पानीको समेत व्यवस्था गरेको छ ।

नयाँ बसपार्क सञ्चालनको जिम्मा लिएको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले अहिले दैनिक नयाँ बसपार्कबाट ३० हजार यात्रु काठमाडौँबाट बाहिर गएको जानकारी दिए ।

उनले आगामी एकदुई दिनमा उक्त सङ्ख्या बढ्नेसमेत बताए। अहिले दैनिक काठमाडौँको नयाँ बसपार्क भएर हजारौँ सार्वजनिक बस देशका विभिन्न क्षेत्रमा ओहोरदोहोर गर्दै आएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button