समाचार

नेपालीको रेल हेर्ने चाहना – ५६ अर्ब रुपैँया आर्थिक सहयोग

Gobal IME Bank

goodnews24असोज २६, काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा हिजो आयोजित राजकीय भोजमा उहाँले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको यो चाहना छिट्टै पूरा हुने विश्वास व्यक्त गर्नुभयो । प्रत्युत्तरमा चीनका राष्ट्रपति सीले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गर्नुभयो ।

चिनिया समकक्षीको सम्मानमा आयोजित राजकीय भोजमा राष्ट्रपति भण्डारीले पारस्परिक विश्वास, सम्मान र हितमा आधारित नेपाल र चीनबीचको  सम्बन्ध घनिष्ठ, मजबुत तथा समस्यारहित रहेको बताउनु भयो  । उहाँले  सम्बोधनका क्रममा केरुङ् काठमाडौ लुम्बिनी रेलमार्ग निर्माणमा चीनले सहयोग गर्ने अपेक्षा व्यक्त गर्नु भयो ।

राष्टपति भण्डारीले बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्व शान्ति केन्द्र बनाउन आवश्यक रहेको उल्लेख गर्नुहुदै  नेपालको उत्पादनशील क्षेत्रमा लगानी बढाउन चिनिया लगानीकर्तालाई आह्वान गर्नुभयो । प्रत्युत्तरमा चिनिया राष्ट्रपति सीले नेपालमा राजनीतिक स्थायित्वसँगै सामाजिक सद्भाव र शान्ति कायम भएकोमा आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयो । उहाँले चीन र नेपालबीच राजनीतिक एवं जनस्तरमा अझ घनिष्ठ सम्बन्ध कायम भएको र दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा पारस्परिक मैत्री अझ झाँगिएको बताउनुभयो ।

करिब ५६ अर्ब रुपैँया बराबरको आर्थिक सहयोग

राष्ट्रपति सीले नेपालले हाल लिएको समृद्द नेपाल सुखी नेपालीको नारालाई वर्तमान नेकपाको नेतृत्वमा रहेको सरकारले पूरा गर्ने विश्वास लिएको बताउँदै नेपालको सो पहलमा सहयोग गर्न चीन तयार रहेको बताउनुभयो । उहाँले आगामी सन २०२० देखि २०२३ सम्मको अवधिमा नेपाललाई करिब ५६ अर्ब रुपैँया बराबरको आर्थिक सहयोगगर्ने पनि उल्लेख गर्नुभयो । सो सहयोग हिमाली तथा पहाडी क्षेत्रका जनता र बस्तीको विकासमा उपयोग हुने विश्वास राष्ट्रपति सीले व्यक्त गर्नुभएको थियो । नेपालले एक चीन नीति प्रति देखाएको अडान प्रशंसायोग्य रहेको पनि राष्ट्रपति सी ले उल्लेख गर्नुभयो । उहाँले दुइ देश बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन पंचशिलका आधारमा सम्बन्धका दीर्घकालीन उद्देश्य पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति सी ले स्याफ्रूबेसी रसुवागढी राजमार्गको स्तरोन्नति, सुरुङ मार्गको निर्माण तथा चीन र नेपालबीच सीमा नाकाहरुको संख्या बढाउँदै ती नाकाहरुमा सुविधा बृद्दि गर्न चीनले सहयोग गर्नेपनि बताउनुभयो । ठुला र गुणस्तरीय चिनिया लगानीलाई नेपालमा लगानी गर्नकालागि प्रोत्साहित गरिने बताउँदै राष्ट्रपति सीले नेपालले प्रतिस्पर्धात्मक क्षमता भएका वस्तुको चीनमा निर्यात गर्न सक्ने पन बताउनुभयो ।

हिमाली तथा पहाडी क्षेत्रमा छरिएर रहेका बासिन्दालाई एकिकृत बस्तीमा स्थानान्तरण गर्न चिनिया अनुभव र सहयोगको अपेक्षा गर्दै राष्ट्रपति भण्डारीले नेपाल भ्रमण बर्ष २०२० मा चिनिया पर्यटकको संख्या बढ्ने विश्वास पनि गर्नुभएको थियो । चिनियाँ लगानीलाई सहजीकरण र सुरक्षित गर्न नेपाल तत्पर रहेको बताउँदै राष्ट्रपति भण्डारीले उत्पादकत्व बढाउने तथा रोजगारी सृजना गर्ने क्षेत्र नेपालको प्राथमिकतामा पर्ने जानकारी गराउनुभयो ।

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button