Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

खुशीबारे २० रोचक तथ्यहरु

Happiness tips!

अनुसन्धानबाट प्रमाणित तलका तथ्यहरुबारे जानकारी मात्रले पनि तपाईलाई खुशी हुन प्रेरित गर्नसक्छ ।

खुशीबारे रोचक तथ्य पढ्नुहोस्:

१) खुशी सरुवा हुन्छ
रुघाजस्तै खुशी पनि छेउछाउका मानिसहरुमा सजिलै सर्छ । सन् २००८ को एक ब्रिटिस अध्ययनअनुसार वयस्कहरुमाझ हुर्किएका बच्चा ठूलो भएसी बढी खुशी हुन्छन् । त्यति मात्र होइन, सकारात्मक सोच भएका साथीहरुसँग रहँदा तपाईको तनाव पनि कम हुन्छ । त्यसैले यदि तपाई आफ्नो मुड सुधार्न चाहनुहुन्छ भने आफू वरिपरिको मानिसहरुलाई ख्याल गर्नुस् । खुशी साथीहरुको संगत तपाईको लागि फाइदाजनक हुन्छ ।

२) यत्तिकै मुस्कुराउँदा पनि खुशी बढ्छ
तनावमा, दुःखमा र डरमा मुस्कुराउने कुरा अनौठो लाग्न सक्छ । तथापि सन् १९९८ मा जर्नल अफ पर्सनालिटी एण्ड सोसियल साइकोलोजीको एक अध्ययनले अनुहारको भावले मुडलाई असर गर्ने देखाएको थियो । अध्ययनमा सहभागीहरुमध्ये जसले मुहारमा सकारात्मक भाव ल्याए तिनको मुडमा पनि त्यस्तै सकारात्मक परिवर्तन देखियो । त्यसैले आफ्नो अनुहारको भावमा ध्यान दिनुहोस् । यदि तपाई तनाव महसुस गरिरहनुभएको छ अथवा उदास हुनुहुन्छ भने समय समयमा अनुहारमा सहज मुस्कान ल्याउँदा ती नकारात्मक भावना कम हुन्छ ।

३) खुशीले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ
खुशीले अनुहारमा चमक ल्याउने र मुड ठिक गर्ने मात्र होइन, विभिन्न अध्ययनलका अनुसार खुशी रहँदा हाम्रो शारीरिक स्वास्थलाई पनि फाइदाजनक हुने देखाएको छ । माइकोसोम्याटिक मेडिसिन जर्नलमा प्रकाशित अनुसन्धानले बढी सकारात्मक सम्वेदना भएका मानिसहरुलाई रुघाले कमै छुने व्याख्या गरेको छ । यस्तो महँगो औषधीको काम गर्ने यस्तो महत्वपूर्ण खुशी बढाउन समय समयमा आफैं बहाना खोज्न थाल्नुहोस् ।

४) अरुलाई खुशी बनाउँदा आफ्नो पनि खुशी बढ्छ
खुशी यस्तो चीज हो जुन अरुसँग बढ्दा झन् बढ्ने गर्छ । हफिंगटन पोस्टमा प्रकाशित एक लेखअनुसार आफूलाई खुशी पार्ने सबैभन्दा छिटो र सरल तरिका भनेको अरुलाई खुशी बनाउनु हो । सोही लेखले कयैन अध्ययनहरुले अरुलाई दान दिने मानिसहरुले तत्कालै खुशी महसुस गर्ने गरेको देखाएको छ । यस्तो अवसरमा दिमागले आफू उपयोगी हुन सकेकोमा सन्तुष्ट महसुस गर्छ  र यही सन्तुष्टिको भावले खुशी महसुस हुन्छ ।

५) फुलको सुगन्धले खुशी बढाउँछ
एक अध्ययनमा रुट्गर्स विश्वविद्यालयका अनुसन्धानदाताहरुले फुलको बास्ना सुँघ्दा मानिसको खुशी हुने सम्भावना तीन गुणाले बढेको पाए।  यसैले अर्कोपटक तपाईलाई अरु कुराले खुशी बनाउन सकिरहेको छैन भने आफ्नो घर वरिपरी रहेका फुलबारीमा पो जाने कि ?

६) पैसाले भन्दा सम्बन्धले बढी खुशी दिन्छ
हाम्रो समाजमा अक्सर भनिन्छ कि पैसाले खुशी किन्न सकिदैंन । अध्ययनले यो कथनलाई सही देखाएको छ । जर्नल अफ सोइको–इकोनोमिक्सले गरेको एक अध्ययनले मानिस आफूलाई मन परेको सम्बन्धमा रहँदा १ लाख डलर कमाएको भन्दा बढी खुशी भएको पाइएको थियो । पैसाले खुशीनै नबनाउने भने होइन  प्रारम्भमा पैसाले किनेको सामाग्रीहरुले खुशी बनाउँछ तर एउटा बिन्दुपछि थपिँदै गएको पैसाले भने बढाउँदैन ।

७) तपाईलाई मन पर्ने रंगले तपाईको मुड बताउँछ
सन् २०१० मा बीएमसी मेडिकल रिसर्च मेथोडोलोजीमा प्रकाशित एक अध्ययनले उज्यालो रंग र खुसीबीच सम्बन्ध देखाएको छ । यो अझ बढी पहेँलो रंगको सन्दर्भमा सही देखिन्छ । खुसी मानिसको पहिलो रोजाईनै पहेँलो रंग हुने गरेको पाइएको छ । त्यस विपरित फुस्रो खरानी रंग एन्जाइटी र डिप्रेसनसँग जोडिएको पाइएको छ ।

८) खुशीले पीडा कम गर्न सहयोग गर्छ
खुशीले पेन किलरको जस्तो पनि काम गर्छ भन्दा अचम्म लाग्न सक्छ । तर सन् २००५ मा आर्थराइटिस र दीर्घ रोगबाट पीडित महिलाहरुमा गरिएको एक अध्ययनमा यस्तो पाइएको थियो । जर्नल अफ कन्सल्टिङ एण्ड क्लिनिकल साइकोलीमा प्रकाशित उक्त अध्ययनका अनुसार खुसी, उत्साह, आशाजस्ता सकारात्मक भावना महसुस गर्नेहरुले कम पीडा महसुस गरेको पाइएको थियो ।

९) घरपालुवा जनावरले खुशी बढाउँछ
यदि तपाईको घरमा घरपालुवा जनावर छ भने तपाई आफैंले महसुस गर्नुभएको होला घर पस्दा ति जनावर तपाईसँग झ्याम्मिदाको त्यो मायाको भाव । कुकुरले तपाईलाई एक्लो महसुस हुन दिदैन । त्यसका साथै कुकुर भएकाहरु उनीहरुसँगै हिड्ने भएकाले तिनको शारीरिक सक्रियता अरुभन्दा बढी हुन्छ । यी दुई कुराले ब्लड प्रेसर घटाउन महत्वपूर्ण भूमिका खेल्छ। कुकुर मात्र होइन, विरालो अथवा सुँगाजस्ता अन्य घरपालुवा जीवले मुटुको रोगको जोखिम घटाउने र मुडलाई खुशी पार्ने कयैन अध्ययनहरुले देखाएका छन् ।

-Rabina Mangranti

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button