Grace Computer Jawalakhel
समाचार

नयाँ वर्षको लागि केहि प्रेरणादायी भनाईहरु पढ्नुहोस् – GoodNews24

हामी २०१९ लाइ बिदाइ गर्नको लागि २०२० को संघारमा छौ । नयाँ साल संगै नयाँ जोश,नयाँ उमङ्ग अनि जीवन सुचारु गर्ने नयाँ तरिका लिएर फेरी अर्को वर्षको यात्रा तय गर्नेवाला छौ । बितेको वर्ष बितिसक्यो अब आउने वर्ष अझै राम्रो गर्ने संकल्प लिएर अघि बढ्नु नै उत्तम हुन्छ ।

२०१९ मा जे जस्तो भयो ,जति गल्तिहरु भए ति सब २०२० मा नदोहोर्याउने र सुधार गर्ने अठोट लिनु जरुरि छ । तपाइँ सधै सकारात्मक भएर जिन्दगिलाइ नयाँ ढंगले सुरुवात गर्न सक्नुहुन्छ। हामी पनि यहि कामना गर्छौ कि यो नयाँ सालले तपाइको जीवनमा नयाँ मोड दियोस नयाँ उत्साह र कार्यमा सफलता प्राप्त होस् ।

यहाँ हामीले नयाँ वर्षका केहि प्रेरणादायी भनाइहरु उल्लेख गरेका छौ जसले तपाइको आगामी जिन्दगीमा उर्जा थप्न सक्छ ।

– आफ्ना नराम्रा बानी सँग लड्नुहोस , छिमेकीहरूसँग मेलमिलाप राख्नुहोस ,र हरेक नयाँ वर्षलाइ एक राम्रो मानिस फेला पार्ने अवसर दिनुहोस ।

– नयाँ सपना देख्न र अर्को लक्ष्य तय गर्नको लागि तपाइँ कहिल्यै बुढो हुनुहुन्न ।

– नयाँ वर्ष हाम्रो लागि गल्ति सुधार्ने अर्को मौका हो ।

– नयाँ वर्षमा नयाँ केहि कुराको सुरुवात गर्नुहोस् र सुरुवात पछिको जादु हेर्नुहोस ।

– मनको पानामा यहि कुरा लेखिराख्नुस कि अब आउने वर्षको हरेक दिन उत्तम दिन हुनेछ ।

– भोलि ३६५ पेज भएको पुस्तकको पहिलो खाली पाना हो जे लेख्नुहोस , राम्रो लेख्नुहोस् ।

– नराम्रोबाट राम्रो बन्नको लागि कहिल्यै ढिला हुदैन ।

– म बितेको इतिहास भन्दा पनि भविष्यको सपना मन पराउँछु ।

– आशा छ यो नयाँ बर्षमा तपाइँ केहि गल्तिहरु गर्नुहुनेछ ,गल्ति गर्नुहुन्छ मतलब तपाइँ केहि नयाँ कुरा गर्ने कोशिस गर्दै हुनुहुन्छ ,केहि नयाँ कुरा गर्ने कोशिस गर्दै हुनुहुन्छ मतलब तपाइँ केहि नयाँ सिक्दै हुनुहुन्छ यसको मतलब केहि न केहि त तपाइँ गर्दै हुनहुन्छ ।

– गन्तव्यमा पुग्नको लागि चालिने पहिलो कदम हो आफु जहाँ छु त्यहि नरहने अठोट गर्नु ।

– नयाँ बर्ष ,नयाँ हर्ष ,नयाँ जोश ,नयाँ योजना अनि किन कथा चाहिँ उही पुरानो ? हामी त्यो कथाको लेखक हौ ,छनौट हाम्रो हो र त्यसलाई कुनै पनि समय हामी सम्पादन गर्न सक्छौ ।

– नयाँ वर्षमा नयाँ उत्सब होइन मन नयाँ बनाउनुहोस ।
– तपाईंको वर्तमान परिस्थितिले तपाईं कहाँ जान सक्नुहुन्छ यसको निर्धारण गर्दैन त्यसले त केवल तपाइँले कहाँबाट सुरु गर्नुहुन्छ भन्ने कुराको मात्र निर्धारण गर्दछ।

– परिवर्तन जीवनको नियम हो, कहिलेकाँहि यो दर्दनाक हुन्छ, कहिलेकाँही यो सुन्दर हुन्छ, तर प्राय जसो यो सुन्दर अनि दर्दनाक दुवै हुन्छ।

– नयाँ सालले तपाइको लागि के लिएर आउँछ भन्ने कुरा यो कुरामा निर्भर हुन्छ कि तपाइँ नयाँ सालमा के गर्नुहुन्छ ?

– तपाईको जीवनलाई नयाँ दिशामा लैजान सक्ने शक्तिलाई कहिल्यै कमजोर नठान्नुहोस् ।

– यो नयाँ वर्ष हाम्रो अगाडि उभिनेछ, किताबको अध्याय जस्तै, केहि सुन्दर कथा लेखिनको लागि प्रतिक्षा गर्दै।

– नयाँ वर्षको पूर्वसन्ध्यामा सारा विश्वले मिति परिवर्तन हुने तथ्यलाई मनाउँछ। हामी ती मितिहरू मनाऔं जसमा हामी संसार परिवर्तन गर्न सक्छौ ।

गुड न्यूज 24 डट एनपी
www.goodnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् …

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

 

 

फि तिर्न नसक्दा कलेज छोड्नुपर्यो – एप्पल कम्पनी मालिकको कथा

 

 

बिग्रिएको सम्बन्ध कसरी सुधार गर्ने ?

 

 

 

 

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button