
काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टिमले दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिजको पहिलो खेलमा आज बंगलादेशसँग भिड्दै छ ।
नेपाल दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश भ्रमणमा रहेको छ । पहिलो मैत्रीपुर्ण खेलमा आज नेपाल घरेलु टोली बंगलादेशसँग खेल्दैछ।
यो खेल ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा नेपाली समय अनुसार साँझ ५: १५ मा सुरु हुनेछ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अनन्त थापाले खेल प्रतिस्पर्धात्मक हुने जानकारी दिएका छन्।
नेपाल र बंगलादेश गत भदौमा भएको साफ च्याम्पियनको फाइनल पछि पहिलो पटक भिड्न लागेका हुन् ।
साफको फाइनलमा नेपाली टोली बंगलादेशसँग ३–१ ले पराजित भएको थियो।
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्