मुख्य समाचारसमाचार

न बिचार रह्यो, न पार्टी नै ! अब सबै स्वतन्त्र बन्नु – मेयर हर्क साम्पाङ

Gobal IME Bank

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अब सबै स्वतन्त्र बन्नुपर्ने बताउनुभएको छ । मेयर साम्पाङले न बिचार रह्यो, न सिद्धान्त रह्यो, न संगठन र पार्टी नै भन्दै अब सबै स्वतन्त्र बन्नुपर्ने जिकिर गर्नुभएको हो ।

आज प्रतिनिधिसभाबाट प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्डल’ले विश्वासको मत प्राप्त गर्नुभएपछि मेयर साम्पाङले सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिनुभएको हो ।

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलले प्रतिनिधिसभाबाट लगभग सम्पुर्ण पार्टीहरुबाट विश्वासको मत प्राप्त गर्नुभएको थियो । प्रधानमन्त्री प्रचण्डलले प्रतिनिधिसभाबाट दुई तिहाइ बढी विश्वासको मत प्राप्त गर्नुभएको छ । विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा २६८ र विपक्षमा दुई मत परेको थियो ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र केही स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन् ।

प्रमुख प्रतिपक्ष दलका रुपमा ठानिएको नेपाली काँग्रेसले समेत विश्वासको मत प्रधानमन्त्री प्रचण्डलाई दिएपछि यतिबेला चारैतिर टिका टिप्पणी भईरहेको छ ।

मेयर हर्क साम्पाङले यस्तो भन्नुभएको छ- ”न बिचार रह्यो, न सिद्धान्त रह्यो, न संगठन र पार्टी नै ! अब सबै स्वतन्त्र बन्नु ! कम्से कम विवेक त चल्छ !”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button