Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

हड्डी कमजोर बनाउने यी खानेकुराहरु…

एजेन्सी । हड्डीलाई बलियो राख्नका निम्ति भरपूर मात्रामा क्यालसियम र भिटामिन डी को आवश्यकता पर्छ। अहिले भागदौड र व्यस्त जीवनशैलीले गर्दा मानिसहरुलाई आफ्नो खानपानमा ख्याल राख्ने समय नै नभएको अवस्था देख्न सकिन्छ । मानिसहरु समय नभएकै कारणले गर्दा सहजै बजारमा उपलब्ध हुने खानेकुरा रुचाउँने गर्छन् । बजारमा पाइने रेडीमेड, फास्टफुडको सेवन अधिक मात्रामा भई रहेको पाइन्छ तर यस्तो खानाको सेवनले स्वास्थ्यमा कस्तो खालको प्रभाव पारिरहेको हुन्छ भन्ने विषयमा प्राय मानिस अज्ञात हुन्छन्। यस्ता अस्वस्थ खानपान र जीवनशैलीले हाम्रो हड्डिलाई नकरात्मक असर पुर्याइरहेको हुन्छ के कुराहरूले हड्डिमा असर पार्छ ?

१. सोडियम युक्त खानेकुरा
बढी मात्रामा नूनको सेवन गर्नाले हड्डीलाई कमजोर बनाउँदै जान्छ हामीले सेवन गर्ने प्रत्येक २ हजार तिन सय मिलीग्राम सोडियमले ४० मिलीग्राम क्यालसियमलाई नष्ट गर्छ। ज्यादा मात्रामा नुनको सेवन गर्ने व्यक्तिमा ओस्टियोपोरोसिस देखिने सम्भावना बढी हुन्छ, अर्थात हड्डी कमजोर हुने अवस्था जसमा हड्डि भाँच्चिन पनि सक्छ।

२. गुलियो खानेकुरा
मिठाई मन नपर्ने व्यक्ति सायदै होलान् तर धेरै मात्रामा गुलियो खानेकुरा सेवन गर्नाले पनि हड्डिलाई कमजोर बनाउन सक्छ यसले रगतमा ग्लुकोजको मात्रालाई बढाएर हड्डिको फरमेसनमा बाधा पुर्याउँछ ।

३. क्याफिनको सेवन
ज्यादा मात्रामा क्याफिनको सेवन गर्नाले हड्डीको डेन्सिटीलाई कम गराउछ। जति नै बढी यसको सेवन गरिन्छ, त्यति नै क्यालसियम नष्ट भएर जान्छ। त्यसैले अधिक मात्रामा यसको सेवन गर्नाले जटिलता निम्त्याउन सक्छ।

४. मदिरा सेवन
मदिरापानले शरीरमा क्यालसियम अवरोधकको रुपमा काम गर्छ। साथ साथै यसले हड्डीको डेन्सिटीलाई पनि कम गराउछ।

५. सोडाजन्य पदार्थको सेवन
ज्यादा मात्रामा सोडा पिउने गर्नाले पनि हड्डीलाई कमजोर हुँदै जान्छ। यसको सेवन अत्याधिक मात्रामा गरियो भने यसले हड्डीको घनत्वलाई घटाएर ओस्टियोपोरोसिस हुने जोखिमलाई बढाउछ। यसको सेवनले हड्डी गल्दै र कमजोर हुदै जान्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button