मुख्य समाचारशिक्षा स्वास्थसमाचार

हर्मोन गडबढीलाई कसरी ठिक पार्ने ? यी खानेकुराहरु खानुहोस्

Gobal IME Bank

एजेन्सी । स्वस्थ रहनको लागि हाम्रो शरिरको हरेक हिस्साले सहि तरिकाले काम गर्नु पर्छ र हाम्रो शरीरको हार्मोनको लेबल पनि सहि रहनु पर्छ । हाम्रो शरीरमा विभिन्न प्रकारको हर्मोन पाइन्छ जसले अलग अलग किसिमको काम गरिरहेको हुन्छ ।

हाम्रो शरिरको हार्मोनमा गडबढ् हुँदा हामीले गम्भीर किसिमको रोगको पनि सामना गर्नु पर्ने हुन सक्छ । हर्मोनमा गडबढ् हुँदा मुड स्विङ, इन्सोमेनिया, बिर्सने समस्या, थकावट महसुस हुने र डाइजेसन सम्बन्धि समस्या आउन सक्छ ।

त्यसै गरी हाम्रो मांसपेशी सम्बन्धी समस्या पनि हार्मोनको गडबढी सँग जोडिएको हुन सक्छ । हेल्दी डाइट र स्वस्थ जिवनशैलीको माध्यमबाट हर्मोनको गडबढीलाई ठिक गर्न सकिन्छ । हाम्रो शरीरको हर्मोनलाई मेनटेन गर्ने खानाहरु के के हुन् त ? पढ्नुहोस्

१. गोभी
शरिरमा हर्मोनको लेबललाई ब्यालेन्स गर्नको लागि गोभीको सेवन गर्दा फाइदाजनक हुन्छ । गोभीमा पाइने यौगिकहरुले शरिरमा हर्मोनलाई मेनटेन गर्नको लागि मद्दत गर्छ । गोभीको सेवन तरकारी वा सलादको रुपमा पनि गर्न सकिन्छ ।

२. ब्रोकाउली
हर्मोनमा हुने गडबढीबाट छुटकारा पाउनको लागि ब्रोकाउलीको सेवन गर्न सकिन्छ । शरिरमा एस्ट्रोजेन हर्मोन कम भएको व्यक्तिले ब्रोकाउली सेवन गर्दा फाइदाजनक हुन्छ । ब्रोकाउली सेवन गर्दा हर्मोनको लेबललाई मेनटेन गर्नको लागि मद्दत मिल्छ ।

३. टमाटर
शरिरमा हर्मोनहरुको लेबल असन्तुलित हुँदा टमाटर खाँदा फाइदाजनक हुन्छ । टमाटरमा धेरै प्रकारको पौष्टिक तत्वहरु हुन्छन् जसले विभिन्न किसिमको रोगहरुबाट हामीलाई बचाउँछ र हाम्रो शरिरको हर्मोन लेबललाई पनि मेनटेन गर्छ ।

४. एभोकाडो
एभोकाडोमा यस्तो किसिमको पौष्टिक तत्व पाइन्छ जसले हर्मोनलाई एक्टिभ गर्छ र हर्मोनको उत्पादन पनि गर्छ । शरिरमा हर्मोन असन्तुलित हुँदा एभोकाडो खाँदा लाभदायक हुन्छ ।

५. पालुङ्गो
पालुङ्गोको सेवन गर्दा हाम्रो शरिरको लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोमा प्रसस्त मात्रामा आइरन पाइन्छ यसले हाम्रो शरीरमा रगतको कमीलाई ठिक गर्नको लागि मद्दत गर्छ । विभिन्न रिसर्च र स्टडीबाट पत्ता लगाइएको छ कि पालुङ्गोको सेवनले हर्मोनको असन्तुलनलाई पनि ठिक गर्नको लागि मद्दत गर्छ ।

६. बिटरुट
बिटरुटमा पाइने पौष्टिक तत्व र गुण हाम्रो शरिरको लागि निकै लाभदायक हुन्छ । यसले हाम्रो शरिरको हर्मोनलाई सन्तुलित गर्नको लागि मद्दत गर्छ । बिटरुट सलाद वा सब्जिको रुपमा हरेक दिन सेवन गर्दा लाभदायक हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button