समाचार

तिलोत्तमामा थपिए स्वास्थ्य केन्द्र-Goodnews24

Gobal IME Bank

रुपन्देही- तिलोत्तमा नगरपालिकामा थप दुई सरकारी स्वास्थ्य संस्था थपिएका छन् । यससँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालय सहित सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या १३ पुगेको छ । आजबाट वडा नं १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् ।

वडा नं १ को शिवचोक र वडा नं ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगरप्रमुख वासुदेव घिमिरेले उद्घाटन गर्नुभयो। नगरपालिकाले केही दिनभित्रै वडा नं ९ र १२ मा पनि आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह गरिने जनाएको छ ।

हरेक वडामा कम्तीमा एउटा सरकारी स्वास्थ्य संस्थामा पुर्‍याएको नीति अनुसार तिलोत्तमामा स्वास्थ्यचौकी नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको काम तीव्रताका साथ अघि बढेको हो । स्वास्थ्य केन्द्रका आफ्नै सुविधा सम्पन्न भवन पनि निर्माण भइरहेका छन् ।

हालसम्म तिलोत्तमाका वडा नं १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्था सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै  पुर्‍याउने सरकारी नीति अनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन् । नगरप्रमुख घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको जनाउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button