अन्यगुड न्यूज 24प्रेम, विवाह, याैनशिक्षा स्वास्थसमाचार

बिग्रिएको सम्बन्ध सुधार गर्ने टिप्सहरू पढ्नुहोस् – GoodNews24

Gobal IME Bank

जीवनमा धेरै संग धेरै प्रकारका सम्बन्धहरु हुन्छ तर कोहि  खास व्यक्तिसंग  मात्र खास सम्बन्ध हुन्छ ।  वास्तवमा कुनै पनि सम्वन्ध perfect हुदैन तर स्वस्थ्य सम्बन्ध बनाउन कृयाशिल भैराख्नु पर्दछ । निरन्तरको कृयाशिलताले कुनै न कुनै समय सम्बन्धलाई perfect  बनाउछ ।   कोहि कसैसंग भावनात्मक, शारीरिक तथा मनोरम तरिकाले जोडिनु साचो रूपमा अचम्मको सम्बन्ध  हुन्छ । असल सम्वन्ध जोड्दा धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । ध्यानदिदै पनि असल सम्बन्धमा चिसोपन आउछ ।

असल सम्बन्ध निमार्ण गर्ने सुत्रहरूः  
~ असल सम्वन्धमा आकर्षण भन्दा पनि धेरै दुबै जनाले अफ्नो कर्तव्य निर्वाह गर्ने इच्छा हुनुपर्छ । असल सम्वन्ध निर्माण गर्ने केहि सुत्रहरू यहाँ छन ।

१ ) वास्ता  गर्नुहोस् :
आफ्ना भावना आफ्ना सहयोगीलाइ बताउनुहोस । प्रश्नहरू सोध्नुहोस र बिपरित ब्यक्तीले प्रश्नको पनि सहि सत्य उत्तर पनि दिनुहोस ।
यदि तपार्इ दुखि हुनुहुन्छ भने आफ्नो सहयोगीलार्इ त्यो कुरा थाहा पाउन नदिनुस ।  बरू खसी हुनुहुन्छ भने खुसी बाड्नुहोस् ।  उत्पन्न भएका समस्याहरूलार्इ छलफल गर्नुहोस । यसो गर्नाले विश्वास बलियो हुन्छ र सम्बन्ध पनि बलियो हुन्छ । समस्यालार्इ कसरी समाधान गर्ने मात्र कुरा होइन अाफ्नो सहयोगीलार्इ उनको कामले कति खुशि वनाएको छ भन्ने कुराहरू भन्न नबिर्सनुहोस। आफ्नो साथीको बारेमा वास्ता तथा सोधपुछ गर्नुहोस् ।

२) इमानदार बन्नुस :

एक अर्को प्रति आफुले गर्ने काम, सोच र महसुसको वारेमा सत्य रहनुहोस्। इमान्दारिताले विश्वासको पुल निर्माण गर्दछ। इमान्दरितामा झुटलाई बास गर्न नदिनुस । स-साना झुटले पनि तपाईले बनाएको इमानको स्तम्भ सजिलै भत्किन सक्छ ।  यौनको बारेमा विशेष इमान्दार हुनुहोस ।

३)सहमती र असहमती :
सधै तपाइ नै सहि हुनुहुन्छ भन्ने छैन । सम्झाैता  सम्बन्ध बलियो बनाउने रस्सी हो ।  कहिले काहि केहि विषयहरूमा सहमति रहदैन र ठिकै पनि हो । त्यसैले असल सम्वन्धमा एक अर्काको विचार र रायहरूलाइ आदर गर्नु असल हुन्छ। माफ गर्नुहोस र माफि माग्नुहोस । सबैले गल्ति गर्दछन्। त्यसैले अाफ्नो गल्तिमा माफि माग्नुहोस र साथिलार्इ माफ गर्नुहोस। एक अर्कोलाइ सहायता गर्नुहोस । यदि तपाइको साथिले केहि काममा विगार गर्यो भने उसलार्इ त्यस विषयमा भनिदिनुहोस। अनि तपार्इको साथि पनि तपार्इलार्इ त्यस्तै गर्न सिकाउनुस् ।

४) यौन र सम्बन्ध :
यौनको वारेमा खुल्ला र इमान्दारिताको साथ कुरा गर्नुहोस । यौनको विषयमा तपार्इले असल महसुस गरेको नगरेको,  मन परेको  नपरेको कुराहरू आफ्नो साथीलार्इ भन्नुहोस । आफ्नो साथीलार्इ कहिलै पनि उनलार्इ मन नपर्ने काम गर्न दवाव नदिनुहोस र दबाव नलिनुस पनि। यौन स्वास्थ्यामा ध्यान दिनुहोस । एक अर्को संग  यौन जन्य रोगहरू, असुरक्षित गर्व जस्ता विषयहरूको विषयमा छलफल गर्नुहोस। सुरक्षित यौन सम्बन्ध कायम गर्नुहोस र यौन जन्य रोगहरूको समय समयमा परिक्षा गर्नुहोस।

 

 

[irp posts=”3889″]

असल सम्बन्ध छ भनेर कसरी थाहा पाउने
~समय समयमा तपार्इलार्इ अफ्नो सम्बन्ध वारेमा कस्तो महसुश गर्नुहुन्छ जाँच गर्नुहोस। तलका प्रश्नहरू मनोरम याैन सम्वन्धमा केन्द्रित छन।  ति प्रश्नहरू सम्वन्धको जाँचका लागि पनि प्रयोग गर्न सकिन्छ। यि प्रश्नको उत्तर अफै दिएपछि आफ्नो साथीको दृष्टिकोणबाट पनि उत्तर दिने प्रयास गर्नुहोस।
– के तपार्इको साथीले तपार्इको विचारहरू सुन्नुहुन्छ ?
– के तपार्इको साथीले तपार्इलार्इ आफ्नो व्यक्तिगत समय, आफ्नो साथी तथा परिवारसंग समय विताउन छुट दिनुहुन्छ ?
– संगै समय विताउदा के तपार्इहरूलार्इ अनन्द महसुस हुन्छ ?
– के कहिलेकाहि तपार्इलार्इ साथीले दुखी तुल्याउदा त्यसको विषयमा भन्नलार्इ के तपार्इ सहज महसुस गर्नुहुनछ ?
– के आफ्ना विचारहरू तथा अनुभवहरू एक अर्कोलार्इ भन्नलार्इ के तपार्इ सहज महसुस गर्नुहुन्छ ?
– यौनको विषयमा तपार्इलार्इ के मनपर्छ अफ्नो साथीलार्इ भन्न सक्नुहुन्छ ?
– के तपार्इको साथी तपार्इको साथी तथा परिवारहरुसंग घुलमिल हुन प्रयास गर्नुहुन्छ ?
– के तपार्इको उपलब्धिहरू तथा उन्नतिहरूमा तपार्इको साथीले गर्व गर्नुहुन्छ ?
– के तपार्इको साथीले तपार्इहरू विचको भिन्नतालार्इ अादार गर्नुहुन्छ ?
– के तपार्इ आफ्नो साथीसंग सुरक्षित यौनको विषयमा कुरा गर्न सक्नुहुन्छ?
सम्वन्धहरू जटिल हुनसक्छन् तर यदि माथिका प्रश्नहरूको उत्तर सक्छु, हुन्छ वा हो छ भने, तपार्इको सम्वन्ध असल सम्बन्ध हुनसक्छ ।
यदि उतर होर्इन, हुदैन भन्ने लाग्छ भने तपार्इको सम्वन्ध अस्वस्थ सम्बन्ध हुनसक्छ।

 असल सम्वन्ध कसरी बनाउने ?
सम्वन्ध लार्इ असल बनार्इ राख्न अवश्य पनि धेरै कामहरू गर्नु पर्ने हुन्छ । के कुराहरू असल हुन्छ त्यो विषयमा आफ्नो साथीसंग कुरा गर्नुहोस। तपार्इलार्इ के कुराले चिन्तित गरार्इरहेको छ त्यो कुरामा सत्य रहनुहोस्। समस्या समाधानका पाटो असल communication हो। यदि तपार्इलार्इ आफै निर्णय गर्न समस्या छ भने, आफ्नो सम्वन्ध भन्दा बाहिराबाट सहयोग लिनुहोस्। कहिलेकाहि counselor र therapist संग कुरा गर्दा couples विचको समस्या समाधान गर्न सहायता पुग्छ र सम्बन्ध स्वस्थ हुन्छ। एकले अर्काकोलागि  इश्वरसंग प्रार्थना गर्नुहोस् ।

गुड न्यूज 24
goodnews24.com
GoodNews Media

 

 

यो पनि पढ्नुहोस् ..

[irp posts=”3930″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3549″] [irp posts=”3554″] [irp posts=”2770″] [irp posts=”2896″] [irp posts=”3174″]

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button