Grace Computer Jawalakhel
अन्यसमाचार

‘मानव सेवा आश्रमले पुर्याएको योगदानको संसारले सम्मान गर्छ’ -GoodNews24

हेटाैँडा ।  वाग्मती प्रदेशका प्रमुख विष्णु प्रसाईंले मानवको कल्याणमा मानव सेवा आश्रमले पुर्याएको योगदानलाई संसारले सम्मान गर्ने बताउनुभएको छ ।

सहयोगापेक्षी सडक मानवमुक्त जिल्ला घोषणाको प्रथम वार्षिकाेत्सवका अवसरमा जिल्ला समन्वय समिति मकवानपुरद्वारा मानव सेवा आश्रमको मुख्य कार्यालय हेटौँडामा आज आयोजित कार्यक्रममा उहाँले आफ्नो चारधाम घुम्ने इच्छा मानव सेवा आश्रमको मुख्य कार्यालय हेरेपछि पूरा भएको बताउनुभयो ।

उहाँले आश्रमलाई प्रदेश प्रमुख भएवापतको तलबबाट प्रत्येक महिना नगद रु पाँच हजार १०० का दरले वार्षिक रु ६१ हजार २०० प्रदान गर्ने घोषणा गर्नुभयो । उहाँले हेटौँडा हुँदै वाग्मती प्रदेश र पूरै देशलाई मावनताको पाठ सिकाउने महान् कार्यको शुरुआत गर्ने कार्यमा लागेका सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० मकवानपुरका अध्यक्ष तथा प्रदेशसभा सदस्य मुनु सिग्देलले सानो प्रयासबाट शुरु भएको आश्रमले देशलाई नै सकारात्मक सन्देश दिने गरी मानवताको क्षेत्रमा ठूलो योगदान दिएको उल्लेख गर्नुभयो । प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले मानव सेवाका लागि जीवन अर्पित गरेका कलिला तर ऊर्जाशील र जुझारु भाइबहिनीको समर्पण देखेर आफूलाई गर्विलो र उत्साहित बनाएको बताउँदै त्यही ऊर्जाका कारण आफू पनि आश्रमको अभियानमा समाहित भएको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले देशमै पहिलो सहयोगापेक्षी सडक मानव मुक्त जिल्ला घोषणा भएको मकवानपुरमा सयौं बेवारिसे व्यक्तिलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको तथा पुनःस्थापना गरिएको जानकारी दिनुभयो । आश्रमका प्रमुख रामजी अधिकारीले देशभरमा मानव सेवा आश्रमले कूल दुई हजार ८०० लाई उद्धार गरेकामा हाल देशका विभिन्न आश्रममा एक हजार १०० भन्दा बढी आश्रित रहेको जानकारी दिनुभयो ।

एक हजार ३०० भन्दा बढीलाई परिवारमा पुनःस्थापना गराइएको उहाँको भनाइ थियो । मकवापुरमा भने मानव सेवा आश्रमले एक हजार जनालाई उद्धार गरेकोे र यो अवधिमा ५५० जनालाई परिवारमा पुनःस्थापना गराइएको तथा १५० भन्दा बढी हाल आश्रममा रहेका जानकारी दिनुभयो । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, कैलाश गाउँपालिकाका अध्यक्ष टङ्क मोक्तानलगायतले आश्रमलाई गाउँपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा सहयोग रकम बढाउने बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”2573″] [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”3790″] [irp posts=”3875″]
यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button