समाचार

भारतबाट नेपाली महिलाको उद्धार-GoodNews24

Gobal IME Bank

एक बालिका सहित दुई नेपाली महिलालाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम०स्थित आफन्त नेपाल महेशपुर शाखाको पहलमा नेपाल प्रहरी, भारतीय प्रहरी र स्थानीय जनप्रतिनिधिको सहयोगमा भारतको महाराजगञ्जस्थित एक आर्केष्टा कम्पनीबाट एक बालिकासहित दुई नेपाली महिलालाई उद्धार गरिएको हो ।
उद्धार गरिएकामध्ये चितवनका चार वर्षीया बालिका, १७ र २२ वर्षीया महिला छन् । उनीहरुलाई सुरक्षित रुपमा नेपाल ल्याइएको संस्थाका शाखा प्रमुख पद्मा आचार्यले जानकारी दिनुभयो ।

जागिर र विवाहको प्रलोभनमा परेर उनीहरु भारत पुगेका थिए । त्यहाँ पुगेको केही महीनापछि आर्केष्टा कम्पनीका मालिकले आफूहरुलाई बेचबिखन गर्न लागेको थाहा पाएपछि प्रतिकार गरी परिवारलाई जानकारी गराएको उद्धार गरिएकी महिलाले बताएका छन् । उनीहरु दश महीना अघि त्यहाँ पुगेका थिए ।

उद्धार गरिएका मध्ये २२ वर्षीया महिलालाई भारतमै काम गर्दै आएकी उनकी बहिनीको मोबाइलबाट एक व्यक्तिले विवाह गर्छु भनी बोलाएका थिए । उनकी बहिनी अहिले बेपत्ता छिन् । सत्र वर्षीया युवतीलाई पनि अर्को एक व्यक्तिले जागिर लगाइदिने प्रलोभन देखाएर बोलाएको तर एक महीनापछि भारतको बिहारका तीन जनालाई रु एक लाखमा बिक्री गर्न लागेपछि आफूहरुले प्रतिकार गरेको भनी उनीहरुले बयान दिएको आफन्त नेपाल महेशपुरका प्रमुख आचार्यले बताउनुभयो । चार वर्षीया बालिका भने २२ वर्षीया ती महिलाकी छोरी हुन् ।

विदेशमा रहेका आफ्ना दाजुलाई फोनमार्फत जानकारी गराएपछि युवतीका आफन्तले चितवनस्थित आफन्त नेपालको माडी शाखामा खोजतलासका लागि निवेदन दिएका थिए । त्यसपछि खोजी शुरु भएको थियो । आफन्त नेपाल महेशपुरले जिल्ला प्रहरी कार्यालय परासी, सीमा प्रहरी चौकी महेशपुर, पाल्हीनन्दन गाउँपालिकाका जनप्रतिनिधि, भारतीय प्रहरी र भारतकै सोही क्षेत्रमा सक्रिय संस्थाको सहयोगमा उनीहरुलाई उद्धार गर्न सफल भएको हो । उनीहरुलाई बेचबिखन गर्न खोज्ने तीन भारतीयलाई भारतमै मानव बेचविखनविरुद्ध मुद्दा चलाइएको बताइएको छ ।

यो पनि पढ्नुहोस् ..

[irp posts=”3544″] [irp posts=”3554″] [irp posts=”2573″] [irp posts=”2770″] [irp posts=”3174″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button