प्रेम, विवाह, याैनमुख्य समाचारसमाचार

महिला र पुरुषमा कसरी हुन्छ बाँझोपन ? समाधानका उपायहरु…

Gobal IME Bank

एजेन्सी । हरेक परिवारमा आफ्नो सन्तान हुनु र वंश विस्तारको कुराले धेरै प्रभाव पारेको हुन्छ । निसन्तान रहने कुराले धेरै दाम्पतिय जीवनलाई खलल पारिरहेको हुन्छ । परिवारमा चिन्ता, तनाव र कतिपय अवस्थामा त मनमुटावकै अवस्था पनि सिर्जना हुन सक्छ । बाँझोपन शब्दले निकै ठुलो अर्थ बोकेको हुन्छ । त्यसो त विवाहपछि महिला र पुरुषबिचमा सरल रुपमा यौन सम्पर्क भएपछि पनि करिब १ वर्षसम्मको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपनको संज्ञा दिइन्छ । चिकित्सकहरुका अनुसार लगभग ८५ प्रतिशत दम्पतीमा विवाहको पहिलो वर्षमै कोशिस गरेमा बच्चा हुने सफलता प्राप्त हुन्छ । तर बाँकीको दम्पतीमा भने बाँझोपनको समस्या हुन् सक्छ ।

  • बाँझोपनका कारणहरु के-के हुन सक्छन् त ?

महिनावारी गडबड – २१ देखि ३५ दिनसम्ममा महिलामा महिनावारी हुनुपर्छ । तर कति जनामा ४५ दिनसम्ममा पनि महिनावारी नहुने हुन्छ । यसमा डिम्ब निष्काशनमा गडबडी हुनु मुख्य कारक हो, जस्तैः पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम ।

पाठेघरको संक्रमण – यौन सम्पर्कबाट सर्ने रोग, क्ल्यामाइदिया, गोनोरहियाजस्ता संक्रमणले गर्दा पाठेघर, डिम्बवाहिनी नलीका इन्फेक्सन तथा इन्फ्लामेसन हुन्छ अनि डिम्बवाहिनी नली बन्द हुन जान्छ ।

डिम्बवाहिनी नली बन्द हुनु – जसमा क्षयरोग एउटा मुख्य कारक हो । यस्तो इन्फेक्सनले शुक्रकिटको गतिविधिमा पनि पनि आउँछ र भ्रुण बस्न गाह्रो हुन्छ ।

महिलाको बढ्दो उमेर – ३५ वर्ष माथिका महिलामा डिम्ब कम हुँदै जान्छ, जसका कारण बाँझोपनको समस्या देखापर्न जान्छ ।

पुरुषको वीर्यमा हुने शुक्रकिटको मात्रा कम हुनु (ओलिगो स्पर्मिया), शुक्रकिट स्वस्थ नहुनु वा शुक्रकिट नै नहुनु (एजोस्परमिया) । पुरुषको विर्यनलीमा सिस्ट, ट्युमर भएमा । पुरुषको गुप्तांगको विकास राम्रोसँग नभएमा ।

महिलामा सन्तान नहुने कारण-

  • हार्मोनमा गडबडी ।
  • अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्ब बने पनि नबढ्ने ।
  • पाठेघरको नली पूरै बन्द भए, पिप वा पानी जमे वा अण्डा पकडिने काम नभए ।
  • पाठेघरको झिल्लीमा मासु बढ्नु ।
  • गर्भाशयको मुख ज्यादै सानो हुनु ।

पुरुषमा सन्तान नहुने कारण-

  • वीर्यमा शुक्राणुको संख्या वा गतिमा कमी ।
  • शुक्रनली वा अन्य भागमा केही अवरोध हुनु ।
  • वीर्यमा संक्रमण ।
  • वीर्यमा शुक्रकीट उत्पादन नहुनु  ।
  • शुक्राणुको बनावटमा खराबी ।
  • पुरुष कुनै कारणवश सहवास प्रक्रियामा असमर्थ हुनु ।
  • हार्मोनमा गडबडी ।

बाँझोपन समाधानको उपायहरु
विवाह समयमा गर्ने, समयमा बच्चा जन्माउने, असुरक्षित गर्भपतन नगर्ने,   गर्भनिरोधकका साधन प्रयोग गर्नुभन्दा पहिला स्त्रीरोग विशेषज्ञहरुसँग परामर्श लिने, समय समयमा पाठेघरको चेकजाँच गर्ने ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button