समाचारसूचना प्रविधि

कसरी रिसिभ गर्ने इन्टरनेसनल पेमेन्ट ?

Gobal IME Bank

काठमाडौँ । नेपालीहरुलाई इन्टरनेसनल पेमेन्ट रिसिभ गर्नको लागि निकै समस्या हुने गर्थ्यो जसको समाधान पेमेन्ट नेपालले गरिदिएको छ । पेमेन्ट नेपालले इन्टरनेसनल पेमेन्ट रिसिभ गर्ने सिस्टम बनाई सकेको छ र यो सिस्टम लन्च पनि भई सकेको छ । इन्टरनेसनल मार्केटमा बिजनेस गर्ने र इन्टरनेसनल मार्केटमा आफ्नो फ्रिलेन्स सर्भिस दिने व्यक्तिहरुले अब इन्टरनेसनल पेमेन्ट नेपालमा सजिलै रिसिभ गर्न सक्नुहुन्छ । पेमेन्ट नेपालले इन्टरनेसनल पेमेन्ट रिसिभ गर्नको हामीलाई पमेन्ट गेटवे दिने छ जसको प्रयोग गरेर विदेशबाट डलरमा पठाएको पैसा सजिलै रिसिभ गर्न सकिन्छ ।

यो सर्भिस पाउनको लागि के कस्ता प्रक्रिया अपनाउनु पर्छ ?

  • पेमेन्ट गेटवे लिनको लागि नेपालमा बिजनेस दर्ता गरेको हुनु पर्छ । यदि तपाईको विदेशबाट पैसा आउने स्रोत छ भने त्यो पैसा रिसिभ गर्नको लागि साधारण बिजनेस दर्ता गर्नु पर्छ त्यस पछि पेमेन्ट नेपालमा गएर तपाईले पेमेन्ट गेटवे लिनको लागि साइन अप गर्नु पर्छ ।
  • पेमेन्ट गेटवे प्राप्त गर्नको लागि साइन अप गर्ने क्रममा हामीले रु १०,००० शुल्क तिर्नु पर्ने हुन्छ र यो सुरुमा एक पटक मात्र तिर्नु पर्ने हुन्छ । त्यसका साथ साथै हरेक पैसा लेनदेन कारोवारको क्रममा ट्रानज्याक्सन चार्ज लाग्ने छ ।
  • विदेशमा बस्ने व्यक्तिले विदेशी कार्ड प्रयोग गरेर डलरमा पैसा पठाउदै छ भने ३.५ प्रतिशत ट्रानज्याक्सन चार्ज तिर्नु पर्ने हुन्छ भने नेपाली बैंक कार्डको प्रयोग गरेर पैसा पठाउला २.५ प्रतिशत ट्रानज्याक्सन चार्ज लाग्ने छ ।
  • पैसा ट्रानज्याक्सन सेटलमेन्ट भने १२ देखि २४ घण्टामा हुन्छ । विदेशबाट पठाएको पैसा नेपालको बैंकमा सोहि दिनको एक्सचेन्ज रेट अनुसार नेपाली करेन्सीमा रुपान्तरण भएर जम्मा हुन्छ ।
  • पेमेन्ट गेटवेको लागि साइन अप गरिसके पछि पेमेन्ट नेपालले तपाईलाई एपिआइ (एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस) को लिङ्क दिने छ । त्यो एपिआइलाई तपाईले आफ्नो वेभसाइटमा राख्न सक्नु हुनेछ यसो गर्दा विदेशबाट कसैले तपाईलाई पैसा पठाउनु छ भने त्यो वेभसाइटमा गएर आफ्नो कार्डको डिटेल राखेर सजिलै पेमेन्ट गर्न सक्छ । यो छिटो र भरपर्दो माध्यम हो ।
  • यदि तपाईलाई वेभसाइट र एपिआइको प्रयोग गर्न मन छैन भने अर्को तरिका अपनाउन सक्नु हुन्छ । पेमेन्ट गेटवेको साइनअप गरिसके पछि पेमेन्ट नेपालले तपाईलाई एपिआइ र कस्टम लिङ्क बनाउने फिचर दिने छ । कस्टम लिङ्क तपाईले आफ्नो कस्टुमरको लागि आफै जेनेरेट गर्न सक्नु हुन्छ । मानौ कसैले तपाईलाई विदेशबाट १०० डलर पठाउनु छ भने तपाईले आफ्नो कस्टुमरको लागि आफै कस्टम लिङ्क पठाउन सक्नु हुन्छ जुन लिङ्कमा क्लिक गर्दा कस्टुमर पेमेन्ट लिङ्कमा रिडाइरेकक्ट हुन्छ जहाँ कस्टुमरले आफ्नो कार्डको डिटेल राखेर सजिलै पेमेन्ट गर्न सक्छ । त्यो पेमेन्ट सिधै तपाईको नेपाली बैंकमा जम्मा हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button