मनोरञ्जनसमाचार

‘इन्टरस्टेलर’ चलचित्रको बारेमा रोचक तथ्यहरु…

Gobal IME Bank

एजेन्सी । इन्टरस्टेलर चलचित्र प्राय सबै दर्शकहरुले मन पराएको चलचित्र हो । यो चलचित्रलाई बेस्ट साईन्स फिक्सनल चलचित्र नै मानिएको छ । सन् २०१४ नोभेम्बर ५ मा रिलिज भएको यो चलचित्रले फिजिक्स सँग ब्लेन्ड गर्दै सुन्दर कथा देखाएको छ । यो चलचित्र क्रिस्टोफर नोलनको यादगार चलचित्र मध्ये एक हो । यो चलचित्रको रोचक तथ्यबारे पढ्नु होस्

१. टार्स, इन्टरस्टेलरको एआई मसिन
टार्स साचिक्कैको एआई मसिन हो तर चलचित्रमा देखाइएको जस्तो कम्प्लेक्स एआई मसिन भने होइन । फिल्ममा हामीले देखेको रोबोटको डिजाइन ललिपप स्टिकबाट प्रेरित भई बनाइएको थियो । ९०.७२ केजी रोबोटको मुभमेन्टलाई कन्ट्रोल गर्ने र अवाज दिने व्यक्ति बिल इरविन हुन् । तर राबोटको कम्प्लिकेटेड किसिमको मुभमेन्ट भने स्टन्टम्यान मार्क फिसेराले गरेका थिए ।

२. एक्टरहरुले लगाएको स्पेससुटले साच्चै काम गर्छ
चलचित्रको लागि मेरि जोफ्रिजले डिजाइन गरेको स्पेससुट साच्चिकै स्पेससुट जस्तै काम गर्छ । यो स्पेसमा अक्सिजन फङ्गसन् गर्ने युनिन राखिएको थियो जसको कारणले गर्दा एक्टरहरुलाई सुटिगंको क्रममा सहज रुपमा ब्रिदिगं गर्न सक्थे ।
स्पेससुट लगाएर सुटिग गर्दा गर्मि हुँदैन भन्ने प्रश्न धेरैमा आउन सक्छ । कस्ट्यूम डिजाइनर जोफ्रिजले यो कुरालाई ध्यानमा राख्दै इन्टरस्टेलरको स्पेससुटमा असली स्पेससुटको जस्तै कुलिगं ट्युब जडित गरिदिएको कारण सुटिगंको क्रममा एक्टरहरुलाई गर्मि हुँदैन थियो । सबै गियरहरु समावेस गरिएको इन्टरस्टेलर स्पेससुटको तौल १३.५ देखि १६ केजी थियो ।

३. फिल्म विज्ञानसँग सम्बन्धित
क्रिस्टोफर नोलन फिल्म सके सम्म वास्तविक विज्ञान सँग सम्बन्धित रहोस् भन्ने चााहन्थे । यसको लागि नोलनले सन् २०१७ को नोबेल प्राइज फर फिजिक्सको विजेता डाक्टर किप थोर्नको प्रोजेक्टमा सहभागी भएका थिए ।

४. फिल्मको लागि सिजिआई
चलचित्रलाई वास्तविक विज्ञान सँग सम्बन्धित राख्नका लागि डाक्टर किप थोर्नले वार्महोल र डार्क होल को नक्कली इक्वेसन प्रदान गरेका थिए । पल जे फ्रक्लीन र उनको टिमले इक्वेसनको मद्दत नयाँ सिजिआई सफ्टवेयर तयार गरेका थिए जसले फिल्ममा वैज्ञानिक कार्य र घटनालाई वास्तविक जस्तै रिप्रेजेन्ट गरेको थियो ।

५. हाइपोथर्मिया
अभिनेत्री एन ह्याथवेलाई आइस प्लानेटमा सुटिगंको क्रममा झन्डै हाइपोथर्मिया भएको थियो । आइस प्लानेटमा सिन सुटिगंको क्रममा स्पेससुटकको चेन राम्रो सँग नलागेको कारण चिसो पानि एक्ट्रेकको स्पेससुट भित्र छिरेको थियो । डाइरेक्टर क्रिस्टोफर नोलेनलाई उक्त कुराको जानकारी दिए पछि सुटिगंलाई चाँडै पुरा गरिएको थियो ।

६. फिल्मको सुरुवातको इन्टरभ्यू
फिल्मको सुरुवातमा दिखाइएको इन्टरभ्यू ओरिजनल इन्टरभ्यू हो । क्रिस्टोफर नोलनले केल बर्नको सन् २०१२ को द डस्ट बावेल भन्ने डक्यूमेन्ट्रिको क्लिप फिल्ममा प्रयोग गरेका थिए । पृथ्वीको प्रारम्भिक दृश्यको लागि उक्त डक्यूमेन्ट्रिबाट प्रेरित भएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button