समाचार

अन्न बाढ्ने युवा-GoodNews24

Gobal IME Bank

सप्तरी, २७ भदौ: ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले फुड बैंक स्थापना गरी राहतका सामाग्री साथै अन्न घर घरमा बाढ्दै छन । यो एउटा उदाहर्णिय काम हो । कञ्चनरुप नगरपालिका– ९ की उर्मिला मगरको घरमा आज चामलको बोरा झरेपछि उहाँ रुन थाल्नुभयो । यो खुशीको आँशु थियो । कोभिड–१९ को महामारीका कारण घरमा अन्न सकिएर खान धौ–धौ परेका बेला आइपुगेको अन्नको पोका देखेर उहाँ रुन थाल्नुभएको हो । चामल, दाल, तरकारी, नुन, तेलसहित राहतको पोका झारेको फुड बैंकको टोलीका युवाले ‘नरुनु आमा हामी छौं नि’ भनेपछि उहाँ झनै भक्कानिएर रुन थाल्नुभयो ।

“केही नहुनेलाई आफ्नो छोराछोरी झै घरमै अन्न ल्याउनुभयो, यहाँहरुको सधैं भलो होस्”, जेष्ठ नागरिक मगरको आशिर्वाद पाएपछि टोली अगाडि बढ्यो । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले फुड बैंक स्थापना गरी तीन सातादेखि राहत वितरण गरिरहेको छ । कञ्चनरुप–१२ रुपनगरस्थित समूहले लकडाउनका कारण हातमूख जोर्न समस्यामा परेका अतिविपन्न घर परिवारलाई आज तेस्रो साताको खाद्यान्न राहत वितरण गरेको हो ।

पहिलो दिन ४५ परिवारलाई राहत वितरण गरेको उक्त समूहले गत साता ९५ विपन्न परिवारलाई र आज ४६ जनालाई राहत वितरण गरेको समूहका अध्यक्ष डम्बर राईले जानकारी गराउनुभयो । आज राहत पाउने पवित्रा बन्जाराले पनि टोलीका सदस्यलाई दुवै हात टाउकामा राख्दै आशिर्वाद दिनुभयो । पीडितको आर्शिवाद र सहयोगीको प्रोत्साहनले नै यो अभियानले निरन्तरता पाउने कुरामा विश्वस्त रहेको समूहकी उपाध्यक्ष एवम् कार्यक्रम संयोजक रोमा लम्सालले बताउनु भयो ।

सो नगरपालिकामा फुड बैंक सञ्चालनमा आएको खबर फैलिएसँगै पीडितहरु खोज्दै आइपुग्ने गरेको कार्यक्रम संयोजक लम्सालले बताउनुभयो । फुड बैंकमा गए राहत पाइन्छ भनेर छिमेकीले बताएपछि फुड बैंक खोज्दै पुगेको र राहत लिएर घर फर्किएको इन्दिरा परियारले बताउनुभयो ।

उहाँको घरमा चामल सकिएको दुई दिन भएको थियो । छिमेकीबाट पिठो मागेर रोटी पकाई छोरोछोरीलाई खुवाएको र आफूले च्युरा भिजाएर खाएको बताउनु हुँदै परियारले लकडाउनले काम पनि पाउन छाडेको बताउनुभयो । फुड बैंकबाट राहत पाएपछि एक महिनालाई ढुक्क भएको उहाँको भनाइ थियो ।

“लामो समयदेखिको लकडाउन र निषेधाज्ञाले विपन्न मजदुरको अवस्था दयनिय बन्दै गएकाले नागरिक समाजको भूमिकाको आवश्यक्ता थियो”, समूहका सल्लाहकार उत्तम आचार्यले भन्नुभयो, “आवश्यक्ताले सोंच बन्यो र धेरै जनाको सोंच तथा चाहना मिलेपछि अभियान बन्यो ।”

यो अभियानमा कसैले नगद त कसैले खाद्यान्न उपलब्ध गराएर सहयोग गरिरहेको छ । सप्तरीसहित काठमाडौं, कैलाली, उदयपुर, पर्सा, बैतडी, मोरङ, नुवाकोट, सुनसरी तथा वैदेशकि रोजगारमा कतार, मलेशिया, अमेरिकामा बसेकाले समेत सहयोग गरिरहेको समूहले जनाएको छ ।

काम गर्दै गएपछि अभियानमा निकै सहयोगी हात जुट्न थालेका छन् । अन्य ठाउँमा गएर बसेका जिल्लावासी र अन्य जिल्लावासीबाट समेत सहयोग जुट्न थालेकाले तीन सातामै करिब दुई सय विपन्न परिवारलाई राहत बाँडन सकेको कोषाध्यक्ष अनील पोखरेलले बताउनुभयो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button