मुख्य समाचारशिक्षा स्वास्थसमाचार

स्वस्थ शरिरको लागि आयोडिन, कुन-कुन खानेकुरामा पाईन्छ आयोडिन ?

Gobal IME Bank

एजेन्सी । हामीलाई पूर्ण रुपमा मानसिक तथा शारीरिक विकासका लागि विभिन्न पोषक तत्वहरुको आवश्यकता पर्दछ । यी मध्ये आयोडिन पनि हाम्रो शरीरको लागि एक महत्वपूर्ण खनिज तत्व हो ।

आयोडिन बिभिन्न किसिमका फलफूल, तरकारी, अन्डा, गेडागुडी तथा माछा जस्ता खानेकुराहरुबाट प्राप्त गर्न सकिन्छ जुन सबै उमेरका मानिस तथा जीवजन्तुहरुलाई दैनिक रुपमा चाहिन्छ ।

गर्भावस्थादेखि २ वर्षको उमेरसम्म मानिसको मस्तिष्कको ८० प्रतिशत विकास भईसकेको हुन्छ । त्यसैले यस समयमा शरीरमा आयोडिनको कमी भएमा मानसिक तथा शारीरिक विकासमा अवरोध आउछ ।

नेपालको भौगोलिक अवस्थाले गर्दा यहाँको माटो र पानीमा आयोडिनको अभाव छ त्यसैले खानामा आयोडिन मिसाएको नुन खानु नै एक मात्र सरल उपाय हो ।

आयोडिनका फाइदाहरु-

गर्भावस्थामा

गर्भवती महिलाको शरीरमा दैनिक रुपमा आयोडिनको सहि मात्रा पुग्यो भने गर्भमा रहेको बच्चाको मानसिक र शारीरिक विकासमा मद्दत मिल्छ। साथै आयोडिनको कमीले हुने गर्भको बच्चा तुहिने, मरेको बच्चा जन्मने जस्ता समस्याहरुबाट बच्न सकिन्छ ।

बाल्यावस्थामा

बाल्यावस्थामा आयोडिन पाइने खानाको उचित मात्रामा खाँदा बालबालिकाको मानसिक तथा शारीरिक विकासमा मद्दत मिल्छ ।

किशोरावस्थामा

किशोरावस्थामा आयोडिनको सही मात्रा पुग्यो भने मानसिक तथा शारीरिक वृद्धि हुनुका साथै पढाइ र अन्य क्रियाकलापमा सकारात्मक असर पर्दछ ।

सबै उमेरमा

आयोडिनको सही मात्राले शरीरका बिभिन्न अंगहरुको विकासको लागि सहयोग मिल्ने हुनाले यसको सेवनले गलगाँड तथा हाइपोथाइरोइडिजम् जस्ता समस्याहरु बाट मुक्ति मिल्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button