अन्यसमाचारसूचना प्रविधि

शेयर IPO भनेको के हो? शेयर लगानी गर्ने १० मन्त्रहरू जान्नुहोस् -Good News 24

Gobal IME Bank

काठमाडौं, असार २२ । कुनै पनि कम्पनीको पूँजी वा स्वामित्वलाई धेरै इकाईमा विभाजन गरी लगानीकर्ताहरूलाई बिक्री गरिन्छ भने त्यस कम्पनीको पूँजीको विभाजित इकाइको दस्तावेजलाई शेयर भनिन्छ। तसर्थ कम्पनीको लागि पूँजी जम्मा शेयरधनीहरुले प्रत्येक वर्ष कम्पनीको वित्तीय मुनाफाको आधारमा लाभांस प्राप्त गर्दछन्। कुनै पनि कम्पनीले गरेको व्यवसायबाट नाफा वा घाटा हुन्छ। यसरी गरिएको लगानीको अनुपातमा उक्त घाटा वा नाफा दुवैको हिस्सेदार हुन मञ्जुर भई गरिएको लगानीको अंस नै IPO शेयर हो।

शेयर प्रकार:-
१)संस्थापक सेयर
२)साधारण सेयर

साधारण शेयर तपाईं हामी सर्वसाधारण जनताबाट उठाइने शेयर हो। संस्थापकहरुले पहिले आफ्नो संस्थापक शेयर लगानी गर्छन् र कम्पनी चलाउन थप लगानी जुट्ने वातावरण सृजना हुन्छ । त्यसपछि ऋण खोजिन्छ र साधारण शेय जारी गरिन्छ । सामान्यतया एक कित्ता शेयर मूल्य रु १०० हुन्छ । सर्वसाधारणलाई ५० कित्ता देखि माथि शेयर हाल्न दिइन्छ ।

शेयरमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु:-

१) नयाँ लगानी कर्ता हुनुहुन्छ भने, शेयर लगानी गर्ने क्रममा हुन सक्ने घाटालाई सहन सक्ने मानसिकता बनाउनुहोस्। लगानीको सुरुवातमा दृढता मूल मन्त्र हो, हतोत्साहित नबन्नुहोस्।

२) शेयर लगानी गर्ने कार्य तत्काल सिकिने कुरा होइन। यसले समय लिन्छ भन्ने कुरा बुझ्न जरुरी छ। लगानीको सुरुवातको समयमा भरपर्दो र विश्वासिलो ब्रोकरहरुको साथ लिनु बुद्धिमानी हुन्छ। राम्रो प्रतिष्ठा बनाएको ब्रोकर कम्पनीसँग सल्लाह लिएर लगानी गर्नुहोस्।

३)लगानी गर्न डिम्याट खाता अनिवार्य खोल्नुहोस्। मेरो शेयर फर्म भरेर, लगानी गर्ने बैंक खातामा जम्मा गर्नुहोस। थोरै रकमबाट पनि तपाईंले शेयर लगानी गर्न सक्नु हुने छ।

४)उच्च स्टकको स्तकमा ध्यान लगाउनुहोस्। केही शेयर मात्र खरिद गर्नुहोस्। अस्थिर प्रकृतिको शेयर सुरुवातमै लगानी गर्ने भुलबाट बच्नुहोस्।

५)शेयर लगानीका क्रममा टप लगानीकर्ताहरुबाट सिक्नुहोस् । उनीहरूको अनुभवले तपाईंलाई भविष्यमा बजारको लिडर बनाइदिन्छ।

६)लगानी गरिसकेपछि हुने घाटा वा नाफाको आधारमा आफूले छनौट गरेको कम्पनीको शेयरको विषयमा विश्लेषण गर्ने बानी बसाल्नुहोस्। यो बानीले तपाईंले प्रतिफल वा घाटाको प्रत्येक कारण जान्न सक्नु हुन्छ।

७)आधारभूत विश्लेषणको क्रममा आम्दानी, आम्दानीतर्फको ग्रोथ, बिक्रीको अवस्था, नाफाको मार्जिन र त्यसले अन्य स्टक वा कम्पनीको तुलनामा दिने रिटर्न हेर्नुपर्छ।

८)कहिले किन्ने र बिक्री गर्ने भन्ने थाहा पाउनु जरुरी हुन्छ। विषेशगरी घट्दो बजार उच्च बिन्दुबाट बढीमा २० देखि २५ प्रतिशतसम्म मात्र झर्छ।

९) शेयर बजारबाट धेरै पैसा कमाउन तपाईंले उपयुक्त समयमा धेरै राम्रो कम्पनीको सेयर खरिद गर्नुपर्ने हुन्छ। नेपालको सन्दर्भमा भन्नु पर्दा वाणिज्य बैंक, उत्पादनमूलक क्षेत्र, बीमा कम्पनी र कम्युनिकेसन टेक्नोलोजीसँग सम्बद्ध संस्थालाई मान्न सकिन्छ।

१०)आफूले होल्ड गरेको शेयरको मूल्य घट्ने सम्भावना भयमा बिक्री गर्नुहोस् र बढ्ने सम्भावना भयमा अझै खरिद गर्नुहोस्। हतारमा आफैले निर्णय नलिनुहोस् ब्रोकरहरुको सल्लाह अनुसार शेयर भर्ने बानी गर्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button