मुख्य समाचारसमाचार

स्वदेश फर्किन इजरायलबाट थप २०० नेपालीले दिए निवेदन, सम्पर्कविहीन विपिनको खोजी जारी

Israel

Gobal IME Bank

काठमाडौँ। इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीहरुले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीहरुले निवेदन दिएको जानकारी दिएको छ ।

इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि अनलाइनमार्फत निवेदन मागेको थियो ।

अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको दूतावासले जानकारी दिएको छ । बाँकी रहेका सबैलाई नेपालीहरुलाई फर्काउने प्रक्रिया सुरु भएको छ ।

शुक्रबार बिहान पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाली ल्याइएको छ ।

इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।

घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमा नै उपचार भईरहेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले बताएको छ ।

सम्पर्कविहीन भएका विद्यार्थी विपिन जोशीको पनि जोजी कार्य तीव्र पारिएको र मृतकको शव नेपाल पठाउन पहल भइरहेको दूतावासले जानकारी गराएको छ ।

विपिनलाई हमासले बन्धक बनाएको उनका साथीहरूले जानकारी दिएको छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button