अन्यसमाचार

शिरिषको फुल: बैजनी रंगले रंगिएको उपत्यका

Gobal IME Bank

काठमाडौँ । बसन्त ॠतु सुरुवात सँगै काठमाडौँको सडकहरु बैजनी रंगमा रंगिन थाल्छन् । निकै कम मानिसहरु होलान जसलाई शिरिषको फूलअर्थात ज्याकारान्डा वा निली गुलमोहरको बारेमा थाहा छैन ।

सडक किनारमा हिडिरहँदा यो फूलले सजिएको काठमाडौँका सडक देख्दा निकै आनन्दित महसुस हुन्छ । यो फूल ज्याकारान्डा भन्दा पनि शिरिषको फूलको नामले बढी चर्चित छ । शिरिषको फूल भन्ने बित्तिक्कै पक्कै पनि पारिजातको उपन्यासको याद आउँछ । यतिबेला शिरिषको फूलको फोटो सोसल मिडियामा देख्न सक्छौ । नेपालीहरुको आकर्षण शिरिषको फूल नेपालकै जन्मजात फूल भने होइन । ज्याकारान्डा अमेरिकाको रैथाने बिरुवाको ४८ प्रजातिहरू मध्येको एक हो । नेपालमा पाइने ‘ब्लू ज्याकारान्डा’ को वैज्ञानिक नाम ‘ज्याकारान्डा मिमोसिफोलिया’ हो । ज्याकारान्डा छिटो बढ्ने रुख हो र यो जस्तोसुकै माटोमा पनि बढ्न सक्छ ।

शिरिषको फूल नेपालको देशी फूल होइन यो फुल उत्तर अमेरीका (मेक्सिको ब्राजिल र अर्जेन्टीनाको) देशी फूल हो । यो फूल एसिया, अफ्रिका र यूरोपको देशहरुमा पनि देख्न सकिन्छ । १९औँ वा २०औँ शताब्धीमा राणाहरुले यो फुलको विरुवा नेपालमा ल्याएको इतिहासकारहरु बताउँछन् ।

अस्ट्र्लियाको साउथ इस्ट,क्विन्सल्याण्डका विद्यार्थीहरुले यो फुललाई ‘पर्पल प्यानिक’ नाम दिएका छन् जसको अर्थ ‘पर्पल ‘ ले ज्याकारान्डा फुलको रुख जुन बसन्त ॠतुमा फुल्छ र ‘प्यानिक’ को अर्थ विद्यार्थीको असाइन्मेन्ट र फाइनल परीक्षा भनेर बुझिन्छ । ज्याकारान्डालाइ ‘एक्जाम ट्रि’ पनि भनिन्छ ।

उत्तर अफ्रिकाको प्रेटोरियामा ज्याकारान्डा वर्षको अन्तिम परिक्षाको समयमा फुल्ने गर्छ र यूनिभर्सिटि अफ प्रेटोरियाको किंवदन्ती अनुसार यो फुल जुन विद्यार्थीको टाउकोमा खस्छ त्यो विद्यार्थी आफ्नो परीक्षामा पास हुन्छ भन्ने विश्वास रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button