मुख्य समाचारसमाचार

सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवादमा अध्यक्ष ओली, करिब ४ घण्टा भयो संवाद

Gobal IME Bank

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको छ । अध्यक्ष ओलीले करिब ४ घण्टा सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नुभएको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले मंगलबार टेलिफोन संवादका लागि सर्वसाधारणसँग टेलिफोन नम्बर टिपाउन आग्रह गर्नुभएको थियो ।

सर्वसाधारणसँग प्रत्यक्ष जोडिन र आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणबाट सुझाव लिने हेतुले अध्यक्ष ओलीले प्रत्यक्ष टेलिफोन संवाद कार्यक्रमको आयोजना गर्नुभएको थियो । अध्यक्ष ओलीले पार्टी मुख्यालय च्यासलबाट टेलिफोनमा जनतासँग संवाद गर्नुभएको हो ।

मंगलबार साँझदेखि बिहीबार मध्यान्हसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले अध्यक्ष ओलीसँग कुरा गर्नका लागि नाम र नम्बर टिपाउनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button