बैंक/बित्तसमाचार

ज्योति विकास बैंकद्वारा QR अडियो अलर्ट सेवा सार्वजनिक

Gobal IME Bank

काठमाडौं । ज्योति विकास बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली : क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा ग्राहकवर्गकको लागि सार्वजनिक गरेको छ ।

बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको जानकारी दिएको छ ।

यस सेवा अन्तर्गत क्यूआर अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल भ्वाइस मेसेज मार्फत प्राप्त गर्नेछन् ।

यो सेवाले भुक्तानीको तत्काल प्रमाणीकरण गरि व्यवसायी तथा ग्राहकहरूबीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने विश्वास बैंकले लिएको छ । साथै यो प्रविधिले व्यवसायी तथा ग्राहकवर्गको मोबाईल फोनमा भुक्तानी प्राप्त गरेको मेसेजका निम्ति कुर्नुपर्ने समयको पनि बचत हुनेछ।

बैंकले यो सेवा बिट्स क्राफ्ट प्रालिसँगको सहकार्यमा ल्याएको हो । आफ्नो कारोबारको सरल र सुरक्षित व्यवस्थापनका लागि यो सेवा लिन चाहने व्यवसायीहरूले ज्योति विकास बैंकको सम्पूर्ण १२१ शाखाहरूमार्फत् तोकेको आवेदन दिई उक्त सुविधा प्राप्त गर्न सक्ने बताइएको छ ।

देशका विभिन्न स्थानहरूमा व्यवसायीहरूलाई प्रदान गरेको क्यूआर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्नुका साथै डिजिटल बैंकिङलाई थप प्रर्वद्धन गर्दै देशभरी क्यूआर कोड वितरण गर्ने र डिजिटल भुक्तानी सेवा विस्तारित गर्ने प्रतिवद्वता बैंकले व्यक्त गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button