अन्यभिडियोमनोरञ्जनसमाचार

‘कबड्डी कबड्डी कबड्डी’ले नयाँ रेकर्ड राख्यो

Gobal IME Bank
kabaddi-kabaddi-kabaddi 1
काठमाडौं– गत जेठमा ‘जात्रै जात्रा’ ले गज्जबको ब्यापार गरेपछि  अरू चलचित्र खासै चलेनन् ।  रामबाबु गुरुङको निर्देशन रहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको सुरुवाती ब्यवसाय राम्रो गर्न सफल भएको छ ।  दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको यो चलचित्रलाई कतिपय समिक्षकले खासै चित्त बुझाएनन् ।  शुक्रबारबाट प्रदर्शनमा आएको यो फिल्मले शुक्रबार भन्दा शनिबार आक्रमक व्यवसाय गरेको छ । फिल्मले शनिबार मात्रै १ करोड ७० लाखको  ग्रस कलेक्सन गरेको  बितरक कम्पनी ‘स्टेशन ५’ ले जानकारी दिएको छ । यो सँगै यो चलचित्रले सिंगल डे व्यापारमा नयाँ रेकर्ड राखेको छ ।‘कबड्डी’को यो श्रृङ्खलाले स्वजातिय विवाह र अन्र्तजातिय प्रेम सम्बन्धको अन्तरद्धन्दलाई उठान गरेको छ । फिल्ममा  दयाहाङ राई, उपासनासिंह ठकुरी, रिश्मा गुरुङ, कर्मा, विल्सन विक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, डा.सिंह गुरुङ, शिला खनाल र मणि के राईलगायत कलाकारको अभिनय रहेको छ । सिनेमा आर्टको प्रस्तुतिसँग बाँसुरी फिल्मस् र माउन्टेन स्टोरिजले सहकार्यमा सिनेमा निर्माण भएको हो । निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेको कथामा मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारले लगानी गरेका छन् ।kabaddi-kabaddi-kabaddi

 

 

 

 

 

 

 

 

 

 

 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button