मनोरञ्जनसमाचार

खिचडी २ को टिजर सार्वजनिक: पारेख परिवार झण्डै दुई दशकपछि पुन ठूलो पर्दामा देखिदै

Khichdi 2

Gobal IME Bank

मुम्बई । चलचित्र खिचडी २ यस वर्षको दीपावलीको अवसरमा नोभेम्बर १२ मा रिलिज हुँदैछ । रिलिज मिति घोषणाको भिडियो सामाजिक सञ्जालमा सेयर गरेर फिल्म निर्माताले यो जानकारी दिएका छन् । यो चलचित्र २०१० मा आएको चलचित्र खिचडी द मुभीको सिक्वेल हो।

फिल्मका लेखक(निर्देशक आशिष कपाडिया हुन् र फिल्म ह्याट्स अफ प्रोडक्सनले निर्माण गरेको हो। योसिटकम शोका सबै लोकप्रिय पात्रहरू भिडियोमा देखिएका छन् । भिडियोमा हंसाले आफ्नै शैलीमा ठट्टा गदैँ एमआरआई मतलब ? भनेर सोध्दा हिमांशुले जो भारतमा बस्दैनन उनीहरु एमआरआई हुन् भन्दै गरेको देखिन सकिन्छ । यस भिडियोमा फराह खान पनि देखिएकी छिन् ।

चलचित्रमा सुप्रिया पाठक उनको निकै मन पराइएको लोकप्रिय पात्र हंसाको भूमिकामा देखिनेछिन् । त्यस्तै, राजीव मेहता प्रफुल र अंगद देसाई बाबुजीको भूमिकामा देखिदैछन् । जयश्रीको भूमिकामा वन्दना पाठक र परमिन्दरको भूमिकामा कीर्ति कुल्हारी देखिनेछन् । जसमा अभिनेता तथा निर्माता जमनादास मजेठिया हिमांशुको भूमिकामा देखिनेछन् । वन्दना सन् २०१० मा आएको फिल्म खिचडीः द मुभीमा देखिएकी थिइनन् ।

यो फिल्मबाट पारेख परिवार झण्डै दुई दशकपछि फेरि ठूलो पर्दामा देखिने भएको छ । खिचडी एक मात्र भारतीय शो हो जुन स्टेज प्लेको रूपमा सुरु भएको थियो र पछि यस शोमा आधारित चलचित्र पनि बनाइएको हो। यो शोको ९८ एपिसोडहरू करिब २ वर्षदेखि टिभीमा आएका थिए । शो मुम्बईमा बस्ने गुजराती परिवारको जीवनमा आधारित छ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button