Sunday , 6 December 2020

मिर्गौला रोगीको उपचारका लागि रु २ लाख ३७ हजार सहयोग-Goodnews24

गोरखा- दुवै मिर्गौला फेल भएकी गोरखाको भीमसेन थापा गाउँपालिका–४ धावाकी ४० वर्षीया शर्मिला परियारको उपचारका लागि रु दुई लाखभन्दा बढी आर्थिक सहयोग प्रदान गरिएको छ । अर्थाभावका कारण उपचार गर्न समस्यामा परेकी उहाँको उपचारका लागि ‘शर्मिला परियार बचाऊ अभियान’ नै सञ्चालन गरी सामाजिक सञ्जालमार्फत रकम जम्मा गरी पीडित परिवारलाई प्रदान गरिएको हो ।

अभियानमार्फत कूल रु दुई लाख ३७ हजार १८४ रकम सङ्कलन भएको सामाजिक अभियानकर्मी बालकृष्ण परियारले जानकारी दिनुभयो । “सङ्कलन भएको सबै रकम काठमाडाँैस्थित शिक्षण अस्पतालमा पुगेर बिहीबार बिरामी श्रीमान् कृष्णबहादुर परियारलाई उपलब्ध गराइएको होे”, उहाँले भन्नुभयो, “थोरै प्रयासले कसैको जीवन बचाउन सकिन्छ भने सहयोग गर्नैपर्छ भन्ने लागेकाले म आफँैले अभियानको थालनी गरेको हुँ ।”

अभियानकर्मी परियारले सामाजिक सञ्जालबाटै पीडितको दुःख थाहा पाएपछि आर्थिक सङ्कलनका लागि अभियान थालेको जानकारी दिनुभयो । “फेसबुक चलाउँदै गर्दा पीडितका श्रीमान्ले श्रीमतीको उपचारका लागि सामाजिक सञ्जालमा बिलौना गरेको देखँे”, उहाँले भन्नुभयो, “गरिखाने ट्याक्सी बिक्री गरिसक्दासमेत श्रीमतीको उपचारका लागि पैसा नपुगेको भन्ने थाहा पाएपछि आफ्नो सम्पर्कमा रहेका साथीभाइलाई हारगुहार गरेर सो रकम जुटाएर पीडितलाई उपलब्ध गराइएको हो ।”

उहाँले जापान, साउदी अरेबिया र मलेशियालगायत देशमा रहेका साथीहरुबाट करिब रु ७० हजार सहयोग जुटाएको र बाँकी रकम नेपालभित्रबाट जुटाएको बताउनुभयो । “सहयोगी मनहरुले जसले जतिसक्नुभयो उति नै सहयोग गर्नुभयो”, अभियानकर्मी परियारले भन्नुभयो, “जसरी पनि पीडितको उपचारका लागि मैले खर्च जुटाउनुपर्छ भन्ने मनैदेखि लागेर सहयोग जुटाउन थालेको थिएँ ।”

परियारको उपचारमा अहिलेसम्मका करिब रु १० लाखभन्दा बढी खर्च भइसकेको पीडितका श्रीमान् कृष्णबहादुरले बताउनुभयो । “दैनिक रु छ÷सात हजारभन्दा बढी रकम खर्च हुन्छ”, उहाँले भन्नुभयो, “साउनदेखि यता अस्पतामा भर्ना गरेर उपचार गरिरहेको छु, घरको आर्थिक अवस्था राम्रो नभएकाले पनि श्रीमतीको उपचार गर्न सक्ने अवस्था नै नभएपछि सबैलाई गुहार्नुपरेको छ ।” उहाँ मुटु रोगीसमेत हुनुहुन्छ ।

अहिलेको मुटुको उपचार भइरहेको छ, पीडितका श्रीमान कृष्णबहादुरले भन्नुभयो, “मुटुको उपचार निको भएपछि मिर्गौला प्रत्यारोपण गर्ने वा के गर्ने भन्ने निश्चित हुन्छ भनेर चिकित्सकले भन्नुभएको छ, तर उपचारका लागि अझै पैसा पुगेको छैन, कहाँबाट जुटाउने खै ।” शर्मिलाको यसअघि पनि दुईपटक मुटुमा पानी जमेपछि शल्यक्रियासमेत गरिसकिएको उहाँले बताउनुभयो । “जसोतसो गरेर एउटा ट्याक्सी किनेर चलाउँदै परिवार पाल्दै आएको थिएँ”, कृष्णबहादुरले भन्नुभयो, “अहिले श्रीमतीको उपचारमा समस्या परेपछि त्यो पनि बेचेर उपचार गरिरहेको छु, अझै रकम पुग्दैन अब कहाँ कसलाई भनुँ ।” आफूसँग कुनै उपाय नभएपछि सहयोगीले जुटाइदिएको रकमले अहिले श्रीमतीका लागि उपचार खर्च टार्दै आएको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

ट्राफिक लाइट बेवास्ता गर्नेले पनि कक्षा लिनुपर्ने-GoodNews24

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले सोमबारदेखि ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरुलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा …

error:

Powered by Youth Circle