Grace Computer Jawalakhel
अन्यसमाचार

प्रधानमन्त्रीकाे जन्मघरलाई संग्रहालय बनाइने

काठमाडौं । प्रधानमन्त्री ओली निकटका एक स्थानीय नेता भिम घिमिरेका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थान तेह्रथुमको आठराईमा रहेको घरलाई संग्रहालय बनाइने अवधरणा अघि सारिएको छ । प्रधानमन्त्री जन्मिनुभएको गाउँको घर पुरानै अवस्थामा ऐतिहासिक रुपमा उभिएकाले सो घरलाई संग्रहालय बनाइने घिमिरेले बताउनुभएको छ । त्यसको तयारीस्वरुप अहिले सो घरको नजिकै हेलिप्याडसमेत बनाइको छ । नेता घिमिरेले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको आगामी फागुन ११ गते जन्मदिन परेको हुनाले उहाँले आफ्नै जन्मस्थानमा मै जन्मोत्सव मनाउने ईच्छा व्यक्त गर्नु भएको हो । हेप्यिाड तयार गर्न प्रधानमन्त्री ओली स्वयंमले ७ लाख रुपैयाँ उपलब्ध गराए पछि केहि दिनअघि तेह्रथुमको म्याङ्लुङबाट गएकाे १५ जना सम्मिलित नेपाली सेनाकाे टोली सो स्थानमा पुगेर हेलिप्याड तयार गरेको हो । हेलिप्याडले संग्रहालयको पूर्वाधारका साथै प्रधानमन्त्री ओलीलाई त्यहाँ पुर्याउन समेत सजिलाे हुनेछ । यस क्षेत्रमा अहिले अन्य जग्गा पनि थप गरेर पर्याप्त रुपमा थप भौतिक पूर्वाधार निर्माण गरी आकर्षक र व्यवस्थित तवरले संग्रहालय बनाउने अवधारणा अघि सारिएको स्थानीय नेताहरुको भनाइ छ । यसको अध्ययन-अनुसन्धान छिट्टै गरि, यो क्षेत्रमा कृषि तालिम केन्द्र वा प्राविधिक शिक्षालयमध्ये एक निकाय समेत स्थापना गरिने अवधारणा समेत बनाइएको नेता घिमिरेले जानकारी दिनुभयाे ।

अहिले सो घरलाई नियमित रेखदेख र संरक्षण गरिँदै आएको स्थानीय नेता घिमिरेका अनुसार प्रधानमन्त्री ओलीको इवा स्थित पुर्ख्याैली जग्गा उहाँका बुबाले बेचेर पहिले नै झापा बसाइ सर्नुभएकाे भए पनि पहिलोपटक प्रधानमन्त्री भएका बेला सो जग्गा ओलीले आफ्नो नाममा फिर्ता लिनुभएकाे थियाे । बाल्यकाल यही बिताएका ओली प्राय: कमै तेह्रथुम पुग्नुभएकाे छ । प्रधानमन्त्री ओली सानै छँदा उहाँको परिवार झापा झरेकाले उहाँले तेह्रथुमबाट प्राथामिक तहको शिक्षा मात्रै लिनुभएकाे थियाे । प्रधानमन्त्री ओली विसं २००८ साल फागुन ११ गते तत्कालीन इवा गाविसको ‘तीनसल्ले’ भन्ने स्थानमा जन्मनुभएको थियो । हाल यो स्थान आठराई गाउँपालिकाको वडा नंबर ४ मा पर्दछ ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button