अन्यसमाचार

क्रिस्टिन हरिला र तेन्जेन शेर्पाले राखे विश्व किर्तिमान: तीन महिनामा १४ वटा हिमाल आरोहण

World Record

NTC

नर्वेजियन पर्वतारोही क्रिस्टिन हरिला र तेन्जेन शेर्पा (लामा) विश्वको १४ वटा ८ हजार उचाई माथिका हिमाल ९२ दिनमा चढेर विश्व किर्तिमान राखेका छन्।

क्रिस्टिन हरिला र तेन्जेन शेर्पा ८ हजारमाथिका १४ वटा हिमाल सबैभन्दा छिटो चढ्ने आरोही बनेका छन्।

अन्तर्राष्ट्रिय पर्वतारोही र शेर्पाको टोली नेपाली समय अनुसार ११:३0 बजे काराकोरममा अवस्थित विश्वको दोस्रो अग्लो केटु हिमालको चुचुरोमा पुगेको सेभेन समिट ट्रेक्सले पुष्टि गरेको छ।

आज बिहान केटु चुचुरो चढ्ने समिटरहरूमा नर्वेकी क्रिस्टिन हरिला, नेपालका तेन्जेन शेर्पा (लामा), छिरिङ नामगेल शेर्पा, मिङ्मा तेन्जेन शेर्पा, आङदावा शेर्पा, मुक्तु लाक्पा शेर्पा, फुर्वा शेर्पा र रसियाको फेडर कुप्रिचेन्कोभ र इरानका सारा एडबोवाइस रहेका छन्।

त्यस्तै रोप फिक्सिङ टोलीमा पासाङ नुर्बु शेर्पा, मिङ्तेम्बा शेर्पा र ङ्गिमा दोर्ची शेर्पा थिए। यो आरोहणसँगै क्रिस्टिन हरिला र तेन्जेन लामाले ९२ दिनमा आफ्नो फास्टेस्ट १४ पिक्सको परियोजना पूरा गर्न सफल भएका छन्।

त्यस्तै किशोरावस्थामा सबै १४ चुचुराहरू चढ्ने अभियानमा रहेका निमा रिन्जी शेर्पाले पासाङ नुरबुसँग केटु आरोहण गरेर आफ्नो ८औं ८ हजार हिमाल आरोहण पूरा गरेका छन्।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button