मुख्य समाचारसमाचार

चैत २४ र २५ गते न्यायिक समितिको राष्ट्रिय सम्मेलन आयोजना हुने

सबै पालिकाबाट न्यायिक समितिका प्रतिनिधिलाई सहभागी गराउने उद्देश्य छ- उपप्रमुख डंगोल

Gobal IME Bank

काठमाडौँ । आउँदो चैत २४ र २५ गते काठमाडौँ महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने तयारी अगाडि बढाएको छ । स्थानीय तहमा न्याय सम्पादनको अनुभव आदान प्रदान सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनको तयारीका लागि उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा ‘न्यायिक समिति मूल समारोह समिति’ गठन भएको छ ।

महानगरको न्यायिक समितिका सदस्यहरु कुश ढकाल र आशा श्रेष्ठ रौनियार समारोह समितिका सदस्य हुनुहुन्छ । प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, प्रशासन विभागका प्रमुख दिपक अधिकारी, वित्त विभागका प्रमुख बुद्धरत्न मानन्धर सदस्य हुनुहुन्छ भने सदस्य सचिवमा कानुन तथा मानव अधिकार विभागका प्रमुख वसन्त आचार्य हुनुहुन्छ । आज समितिको दोस्रो बैठक सम्पन्न भएको हो ।

बैठकमा उपप्रमुख एवं मुल समारोह समितिकी संयोजक डंगोलले, सबै पालिकाबाट न्यायिक समितिबाट प्रतिनिधित्व गराउने र असल अभ्यास आदान प्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको बताउनुभयो । सम्मेलनलाई नतिजामुखी बनाउने, प्राप्त उपलब्धीलाई संस्थागत अभिलेखमा राख्ने र आपसी सिकाइ प्रवर्धन गर्ने गरी सम्मेलन सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाइ छ ।

समितिका सदस्य सचिव आचार्यका अनुसार ४ मूल विषयमा केन्द्रीत हुने गरी सम्मलेनका कार्य पत्रहरु प्रस्तुत हुनेछन् । न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समिति सम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र यसको प्रचलन प्रस्तुतिको एउटा विषय हो ।

दोस्रो विषयका रुपमा स्थानीय विवाद समाधानमा मेलमिलाप प्रक्रिया र यसको प्रवर्र्धन सम्बन्धी विषय राखिएको छ । न्यायिक समितिले गर्ने न्यायिक निर्णय र यसका लागि अनिवार्य रुपमा पालना गर्नुपर्ने प्रक्रियाहरु तेस्रो प्रस्तुतिका रुपमा रहनेछ । यस्तै न्यायिक समितिमार्फत भएका मिलापत्र र निर्णयको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता तथा त्यसका लागि आवश्यक संस्थागत प्रवन्ध प्रस्तुतिको चौथो विषय हुनेछ । प्रस्तुतिपछि समुहगत छलफल, प्रस्तुति हुनेछ । काठमाडौँ विवाद निरुपण घोषणा २०७९ जारी गर्दै सम्मेलन सकिनेछ ।

सम्मेलनबाट प्राप्त भएका उपलब्धीलाई संस्थागत प्रबन्धबाट उपयोगमा ल्याउन न्यायिक समिति राष्ट्रिय सञ्जाल, प्रदेश सञ्जाल र जिल्ला सञ्जाल चयन हुनेछ । राष्ट्रिय सञ्जालका पदाधिकारीहरुको चयन सम्मेलनबाटै हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button