अन्यसमाचार

जब पर्छ रात, रंग फेर्ने थाल्छ ताल

Gobal IME Bank

एजेन्सी । आज हामी एउटा यस्तो रहस्यमय तालको बारेमा चर्चा गरौं जसको बारेमा थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । वास्तवमा यो ताल अरु ताल भन्दा फरक छ किनकी यस तालको पानी राति अचानक नीलो हुन्छ । यसको पानी फिरोजा ढुङ्गा जस्तै चम्किलो देखिन्छ । यही कारणले गर्दा यो ताल विश्वभर प्रसिद्ध छ । वैज्ञानिकहरूले यसको पछाडिको कारणबारे धेरै दाबी गरेका छन् तर आज पनि यसको रहस्य पत्ता लाग्न सकेको छैन ।

यो रहस्यमय ताल इन्डोनेसियामा छ, जसलाई कावाह इजेन ताल भनिन्छ । यो तालको पानी कुनै पनि साधारण तालको तुलनामा सबैभन्दा अम्लीय (नवण) छ । साथै, यसको तापमान लगभग २०० डिग्री सेल्सियस सम्म रहन्छ । अचम्मको कुरा यो छ कि यसको पानी दिनमा सामान्य रहन्छ, तर रातमा तालको रंग नीलो हुन्छ ।

मध्यरातमा यो ताल निलो रंगको ढुङ्गा जस्तै चम्कन थाल्छ । यहाँको तापक्रम उच्च भएका कारण यहाँ पर्यटक जान पाउँदैनन् । वैज्ञानिकहरूका लागि पनि यहाँ लामो समय बस्न सम्भव छैन ।

यस तालको रहस्य पत्ता लगाउन वैज्ञानिकहरूले दशकौंदेखि अनुसन्धान गरिरहेका छन् तर अहिलेसम्म कुनै ठोस कारण भने खुल्न सकेको छैन । यस तालको वरिपरि धेरै ज्वालामुखी रहेको भनिन्छ, जसको विष्फोटले भूकम्प जान्छ ।

यी ज्वालामुखी विस्फोटहरूले हाइड्रोजन क्लोराइड र सल्फ्यूरिक डाइअक्साइड जस्ता ग्यासहरू छोड्छन् । यस्तो अवस्थामा यी ग्यासहरूको प्रतिक्रियाका कारण तालको पानीको रंग नीलो हुने सम्भावना हुन्छ । तर यसपछि पनि प्रश्न उठ्छ कि यदि ग्यास निस्कन्छ भने रातमा मात्रै किन पानीको रंग परिवर्तन हुन्छ ?

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button