अन्यसमाचार

निर्दोषलाई सजाय: लाल बहादुर विश्वकर्मा

Lal Bahadur

Gobal IME Bank

निर्दोष भएर पनि विगत सात महिना देखि कारागारमा बस्दै आएका लाल बहादुरको आज सुनसरी जिल्ला अदालतमा पेशी परेको छ । लाल बहादुरको केस अहिले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम र अन्य वकिल मिलेर अदालतमा बहस गर्देै छन् ।

को हुन लाल बहादुर ?

लाल बहादुर निम्न आर्थिक स्थिति भएका युवा हुन् । लाल बहादुर विक सुनसरी तरहरा निवासी एक साधारण व्यक्ति हुन् । निर्दोष भएर पनि उनी विगत सात महिना देखि कारागारमा बस्न बाध्य भएका छन् ।

केहि वर्ष खाडी मुलुकमा मजदुरीको काम गरेर स्वदेश फर्किएका लाल बहादुरले नेपाल फर्के पछि बिहे गरेका थिए । बिहेपछि रोजगारको खोजि गर्दै जादा उनले सुनसरी तरहरास्थित रहेको दिपक गजमेरको सिंहदेवी ज्वेलर्समा गरगहाना बनाउने कालिगढको काम पाएर त्यहि काम गर्न थाले । लाल बहादुर दिपक गजमेरको ज्वेलार्समा सिक्री बनाउने र सरसफाइको काम गर्ने गर्दथे । दिनमा मुस्किलले ८,९ सय कमाउने लालबहादुरलाई त्यति बेला बज्र पर्यो जति बेला उनका मलिक दिपक गजमेरले गरेको अपराधमा उनी फस्न पुगे । लाल बहादुरका मालिक दिपक गजमेरले ज्वेलर्सका साथसाथै वित्तिय कारोवार पनि गर्थे । दिपक गजमेर र उनका परिवारले सिंहदेवी ज्वेलर्स नामको बचत पासबुकमार्फत विभिन्न प्रलोभन देखाई मानिसहरुबाट लाखौ रकम संकलन गर्ने गरेका थिए। । तर पछि सिंहदेवी ज्वेलार्सले आफुहरुले जम्मा गरेको पैसा तिर्न आनाकानी गरेपछि पिडितहरुले मुद्धा मामिलाको प्रक्रिया अगाडी बढाएका थिए ।

२०७५ साल असार २० मा बचतकर्ता सुकमित गुरुङसहित नौ जनाले सिंहदेवी ज्वेलर्सले आफूहरूको ५२ लाख ६६ हजार रुपैयाँ ठगी गरेको भन्दै उजुरी हाले । उजुरीलगत्तै प्रहरीले दिपक गजमेर , उनका बुबा कृष्ण बहादुर विश्वकर्मा र दिदि सिता गजमेर सहित कालिगढ लाल बहादुर विश्वकर्मालाई पक्राउ गरेको थियो । २ सय ७५ जनाबाट १० हजारदेखि १० लाखसम्म रकम लिएर ठगी गरेको मुद्दा २०७५ असार २१ मा सुनसरी जिल्ला अदालत पुग्यो।

मुद्दालगत्तै १० धुर जग्गासमेत रोक्का भएपछि लाल बहादुर २ लाख धरौटी बुझाएर केही दिनपछि कारगारबाट छुटे । त्यस पछि उनी तारिक धाउदै थिए । २०७८ पुस १९ मा जिल्ला अदालत सुनसरी ,न्यायाधीश निर्मला योङयाको इजलासले अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरी ठगी गरेको भन्दै १८ करोड ८४ लाख ६६ हजार रुपैयाँ बिगो कायम गर्दै मुख्य साहु दिपक गजमेर , उनका बुबा कृष्ण बहादुर विश्वकर्मा र दिदि सीता गजमेर सहित लालबहादुरलाई थुनामा राख्ने आदेश दियो । लालबहादुरलाई अवैध रूपमा बैंक तथा वित्तीय संस्था सञ्चालन गरेको कसुरमा ३ करोड १४ लाख ३३ हजार रुपैयाँ बिगो तोक्दै ठगी मुद्दामा ७० हजार जरिवाना र डेढ वर्ष कैदको सजाय तोकिएको छ । अहिले लाल बहादुर विक झुम्का कारागारमा छन् ।

मंसिर २० मा लालबहादुर विश्वकर्माले जिल्ला अदालत सुनसरीको निर्णयविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका थिए । पुष ३ गते पेशी चढ्ने कुरा थियो तर पेशी पुष २६ को लागि सारिएको जानकारी लाल बहादुर विश्वकर्माको पक्षमा वकालत गरिरहेका अधिवक्ताले जानकारी दिएका थिए ।
जिल्ला अदालत सुनसरीका न्यायाधिश निर्मला योङयाको फैसलामा ठुलो गल्ति भएको र उनको कार्यक्षमतामा पनि प्रश्न उठिरहेको छ ।

मुद्धा चल्दै गर्दा दोषी ठहरिएका कृष्ण बहादुर र जाहेर दिने प्रत्येक पिडितले लाल बहादुर निर्दोष छन्, उनी कामदार मात्र हुन् ।

हामीले उनीसँग कारोबार गरेको होइन भनेर बकपत्र गरेका छन् तर मुद्धा चलेको लगभग ५ वर्ष पछि लाल बहादुरलाई जिल्ला अदालत सुनसरी, न्यायधिस निर्मला इजलासले १ वर्ष ६ महिना कैद र ३ करोड १४ लाख बिगो जरिवाना तोकेको छ ।

जिल्ला अदालत सुनसरीका न्यायाधिश निर्मला योङयाको फैसलामा ठुलो गल्ति भएको र उनको कार्यक्षमता माथि पनि प्रश्न उठेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button