अन्यसमाचारसूचना प्रविधि

ललितपुरका सडकमा आजबाट ब्रुमर सञ्चालन

Gobal IME Bank

ललितपुर– ललितपुर महानगरपालिकाले खरिद गरेका दुइ वटा ब्रुमर र दुइ वटा पानी ट्याङ्कर आज (शुक्रवार) बाट सञ्चालनमा आएका छन् । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्करको उद्घाटन महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरे । उक्त ब्रुमरले ललितपुरको मुख्य सडक थापाथली पुलदेखि सातदोबाटोसम्म दैनिक एक घण्टा ब्रुमरले सडक सफा गर्नेछ । महानगरप्रमुख महर्जनले रु चार करोड ४८ लाख ११ हजार २८० तिरेर ललितपुरमा दुई ब्रुमर भित्र्याएको जानकारी दिए ।

lalitpur brumar

जेनटेक प्राइभेट लिमिटेड कम्पनीका प्रबन्ध निर्देशक राजन श्रेष्ठले सो ब्रुमर डिजेलबाट चल्ने बताए । श्रेष्ठले भने, ‘सो बु्रमरसँग ६२० लिटर पानी र ६ घनमिटर धुलो भण्डारण गर्ने क्षमता छ ।’ सो कम्पनीले ललितपुरमा दैनिक ब्रुमर सञ्चालन गराउन महानगरका पाँच प्राविधिकलाई निःशुल्क तालीम दिइसकेको बताएको छ । यो ब्रुमरले परीक्षणकालका लागि एक हप्ता ललितपुरको मुख्य सडक मात्र सफा गर्नेछ । खुमलटारमा कार्यालय रहेको सो कम्पनीसँग दुई वर्ष ब्रुमरको पूरै रेखदेख र मर्मतसम्भार गर्ने जिम्मेवारी रहेको श्रेष्ठले जानकारी दिए ।

फोहरमैला व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकृत सुरेन्द्रराज अवालेले इटालीमा निर्माण भएको सो बु्रमरले प्लास्टिक, घाँस र धुलो सबै एकैसाथ सङ्कलन गर्ने बताए । यसबाट सङ्कलित फोहरमध्ये पुनः प्रयोग गर्न मिल्नेलाई छुट्टै भण्डारण गरी प्रयोगमा ल्याइने, घाँसलाई कुहाएर कम्पोष्ट मल बनाइने र माटोलाई खाल्डाखुल्डी पुर्न प्रयोग गरिने अवालेले बताए ।

अबको एक हप्ता सडकको गुणस्तर अध्ययन गरी त्यसैअनुरुप सो ब्रुमर सञ्चालन गरिने अवालेले जानकारी दिए । ब्रुमरका कारण सडक सफा गर्न राखिएका कुनै पनि कर्मचारीको जागिर जोखिममा नपर्ने अवालेले जिकिर गरे । हाल ललितपुर महानगरसँग सानो एउटासमेत गरी तीन ब्रुमर छन् । महानगर स्रोत भन्छ, ‘सो ब्रुमरले चक्रपथ एरिया सफाइ गर्ने कुरा अघि बढाएको छैन ।’

महानगरपालिका मेकानिकल इञ्जिनीयर पुष्कर भट्टराईले महानगरले यसअघि डुलेको कम्पनीको एउटा सानो ब्रुमर सडक सफा गर्न प्रयोग गर्ने गरेको बताए । हाल उक्त सानो ब्रुमरको ब्रस खिइएकाले त्यसलाई केवल पाटन दरबार क्षेत्रको सफाइमा प्रयोग गरिएको भट्टराईले बताए । उनले भने, ‘सो सानो ब्रुमर महानगरलाई सडक विभागले केही समयअघि सडक सफा गर्न सहयोग गरेको थियो ।’

त्यसैगरी २ वटा पानी ट्यांकर खरिदका लागि महानगरले २०७५ माघ २१ गते वोलपत्र आह्वान गरेको थियो। सोही अनुसार २०७५ फागुन २२ गते वोलपत्र खुला हुँदा सिप्रदी ट्रेडिङ प्रा.लि छनौट भएको थियो। सोही अनुसार सिप्रदीले भ्याटसहित ६२ लाख ९० हजार रुपैयाँमा दुई वटा पानी ट्यांकर उपलब्ध गराएको हो। इन्डियामा बनेको टाटा कम्पनीको एलपीटी १०१० मोडेलको पानी ट्यांकरको क्षमता ९३.२ किलोवाट रहेको छ। ६ हजार लिटर पानी भण्डारण गर्नसक्ने क्षमता भएका दुई वटा ट्याङकरका लागि कम्पनीले एक वर्षको वारेण्टी प्रदान गरेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button