शिक्षा स्वास्थसमाचार

ओठ राम्रो बनाउने भए यस्तो गर्नुहोस्…

Gobal IME Bank

एजेन्सी । ओठ निकै कोमल अंग हो । ओठमा तैलीय ग्रन्थि हुँदैन । यसकारण ओठमा निरन्तर चिल्लोपन भई राख्न आवश्यक हुन्छ । चिल्लो पदार्थको अभावका कारण ओठ सुख्खा हुने र फुट्ने समस्या आइरहन्छ । लामो समयसम्म सुक्खा भएको ओठ कालो हुँदै जान्छ । सुक्खा ओठमा मरेका कोषिकाहरू रहनु, सौन्दर्यका सामग्रीमा हुने केमिकलको असर पर्नु, घामको किरणको प्रभाव ओठ कालो हुने मुख्य कारणहरू हुन् ।

दिनभरमा लगभग ८–१० गिलास पानी पिउने । यसले ओठलाई सुक्खा हुन दिँदैन । घरबाहिर निस्किँदा ओठमा लिप बाम या लिप केयर लगाउने ।
समय–समयमा ओठ सफा गर्ने । सुक्खा हुन नदिन लिप बाम वा लिप ग्लस निरन्तर लगाइराख्ने ।

घरेलु उपचार

१. कोको बटर
दुई टेबलचम्चा कोको बटर, आधा चिया चम्चा मधु वाक्स लिनुहोस् । उमालेको पानी एउटा भाडामा वाक्स राखेर पगाल्नुहोस् र यसमा कोको बटर हाल्नुहोस् । यो मिश्रणलाइ चिसो भएपछि ब्रसको मद्दतले ओठमा लगाई स्क्रब गर्नुहोस् । यसले ओठ नरम हुनेछ र कालोपन पनि हट्नेछ ।

२. दूधको तर
ओठको सुख्खापन हटाउँन थोरै तर (मलाई) मा एक चिम्टी बेसार मिसाएर नियमित रुपमा बिस्तारै मालिस गर्नुहोस् । यसले केही दिनमै ओठ मुलायम र गुलाबी भएको पाउनुहुनेछ ।

३. गुलाबको पत्ता
ओठको कालोपन हटाउन गुलाबको फूलको पत्ता निकै फाइदाजनक हुन्छ । यसलाई नियमित प्रयोग गर्नाले ओठ साँच्चिकै गुलाबी र चम्किलो हुनेछ । यसका लागि गुलाबको पत्तालाई पिसेर त्यसमा थोरै ग्लिसिरिन मिसाउनुहोस् र त्यसको घोल नियमित रुपमा राती सुत्ने समयमा ओठमा लगाउनुहोस् र बिहान धुनुहोस् ।

४. कागती
कागतीले पनि ओठको कालोपन हटाउँछ । यसका लागि निचोरेको कागतीको रस बिहान बेलुका आफ्नो ओठमा बिस्तारै लगाउनुहोस् ।

५. केसर
काँचो दूधमा पिसेको केसर मिसाएर ओठमा लगाउनुहोस् । यसबाट ओठको कालोपन हटी ओठ आकर्षक बन्छ ।

६. मह
महको प्रयोगले केही दिनमै ओठ चमकदार र मुलायम हुन्छ । यसका लागि थोरै महलाई आफ्नो औंलामा लिएर बिस्तारै ओठमा लगाउनुहोस् ओठमा। दिनमा दुइपटक यो उपाय अपनाउनाले केही दिनमै असर देखिनेछ ।

७. अण्डा
अण्डा स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्य बढाउन पनि निकै उपयोगी मानिन्छ । यसको लेप लगाउनाले पनि ओठको चमक बढ्छ ।

८. जैतूनको तेल
यदि ओठ पूरै फुटेको छ र कालोपन पनि आएको छ भने जैतूनको तेल अर्थात् ओलिभ आयलमा भ्यासलिन मिसाएर दिनमा ती चारपटक लगाउनुहोस्, यसो गर्दा ओठ चिरिएको निको हुनेछ भने ओठ हल्का गुलाबी पनि हुनेछ ।

९. चुकन्दर
चुकन्दरलाई रगत बनाउने मेसिन पनि भनिन्छ । यो ओठका लागि पनि उत्तिकै उपयोगी मानिन्छ । चुकन्दरलाई काटेर त्यसको टुक्रा ओठमा लगाउनाले ओठ गुलाबी र चमकदार हुनेछ ।

१०. ब्राउन सुगर
एक चम्चा महमा, ब्राउन सुगर र आधा टुक्रा कागतीको रस मिश्रण बनाउनुहोस् । यो मिश्रण ओठमा लगाएर हल्कासँग मसाज गर्नुहोस् । केही बेरपछि मनतातो पानीले पखाल्नुहोस् ।
अब, ओठमा बदामको तेल लगाएर छोडिदिनुहोस् । यो प्रक्रिया नियमित अपनाउदा मृत छाला हट्छ र ओठलाई नरम बनाउँछ । ओठको कालो रंग हटेर बिस्तारै गुलाबी बन्दै जान्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button