मुख्य समाचारशिक्षा स्वास्थसमाचार

गर्मीमा प्रशस्त मात्रामा पाइने लिची, के-के छन् त लिची खानुका फाइदाहरु ?

Gobal IME Bank

एजेन्सी । रसिलो लिची खाने सिजनको सुरुवात भइसकेको छ । लिची गर्मी मौसममा बजारमा प्रशस्त उपलब्ध हुने फल हो । लिचीमा पानी प्रशस्त मात्रामा पाइन्छ जसको कारणले गर्दा गर्मी मौसममा यसको सेवनले निकै फाइदा प्राप्त गर्न सकिन्छ । लिची भिटामिन सी तथा पोटासियमको महत्वपूर्ण स्रोत हो । लिची स्वादिष्ट हुनुका साथै स्वस्थ्यबर्धक पनि हुन्छ ।

लिची सेवनले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ । लिचीमा ६५ प्रतिशत क्यालोरी हुन्छ जुन शरीरका लागि लाभदायक हुन्छ ।

लिचीका फाइदाहरु यसप्रकार छन्:

१. लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्सियम, फस्फोरस, म्याग्नेशियम हुन्छ जुन शरीरको विकासका लागि फाइदाजनक हुन्छ ।

२. लिचीमा भिटामिन सी तत्व हुन्छ जसले त्वचामा चमक ल्याउनुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउछ र पाचन शक्तिलाई मजबुत बनाउन मद्दत गर्छ । ुअमेरिकन जर्नल अफ क्लिनिकल न्यूट्रिसियन्टु ले प्रकाशित गरेको अध्ययन अनुसार दैनिक भिटामिन सि को सेवनले ४२ प्रतिशत स्ट्रोकको जोखिमलाई कम गर्छ ।

३. लिचीको सेवनले शरीरमा रगतलाई सफा र स्वस्थ राख्नमा मद्दत गर्छ ।

४. लिचीको सेवनले महिलाहरुमा हुने स्तन क्यान्सर रोगको जोखिमलाई कम गर्छ ।

५. लिचीको सेवन गर्नाले ब्लडप्रेसर कन्ट्रोल गर्न मद्दत मिल्छ ।

६. लिचीमा पोलिफेनोल तत्व प्रशस्त मात्रामा पाइन्छ । यो पोषक तत्वले मुटुको स्वास्थ्यमा सुधार गर्नुका साथै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button