अन्यसमाचार

झ्याप्पझ्याप्प बिजुली किन गइरहेको छ ?

Load shedding

Gobal IME Bank

काठमाडौँ। कहिले खाना पकाउँदा पकाउँदै झ्याप्प त कहिले लुगामा आइरन लगाउँदा लगाउँदै झ्याप्प वा कहिले खाना खाँदाखाँदै झ्याप्प आजकाल यस्ता अनुभव प्राय सबै नेपालीले गर्दैछन्।

अहिले मध्य वर्षाको समय छ। वर्षाका कारण खोलानाला सबै बढेका छन्।

खोलाको जलप्रवाहमा आधारित बिजुलीमा अत्यधिक निर्भर नेपालमा विद्युत उत्पादन उच्च विन्दुमा पुग्ने समय पनि यही हो।

अनि फेरि यही समयमा किन बत्ती बेलाबेला गइरहेको छ ?

नेपाल विद्युत प्राधिकरणको जबाफ छ – वर्षाको समयमा हुने प्राविधिक गडबडी।

आजकाल देखिएका बिजुली जाने प्रवृत्तिलाई प्राधिकरणले बर्खाको मौसमले निम्त्याउने जटिलतासँग जोडेको छ।

देशभरिको प्रसारण लाइनको जालो धेरैवटा जङ्गल हुँदै फैलिएको छ। पूर्वदेखि पश्चिमसम्मका विद्युत केन्द्रहरूबाट निस्कने बिजुली प्रसारण गर्दा कहीँ न कहीँ जङ्गलको क्षेत्र पर्छ । वर्षाको बेला जङ्गलका केही ठाउँमा जमिन पानीले भिजेर कमजोर हुने गर्छ। त्यसपछि वरपरका रुखहरू अलि बाङ्गिएर तार छोइदिने वा हावाहुरीले हाँगा लत्रिएर छोइदिने अवस्था हुन्छ। त्यस्तो अवस्थाका कारण देशभरि बिजुली प्रसारणमा अवरोध पैदा हुने गरेको प्रधिकरणले जानकारी दियो ।

बिजुलीको स्वाभाविक प्रसारणमा अवरोध भएर उत्पन्न भएका ‘अर्थ फल्ट’ अनि बाह्य तत्वले प्रसारण लाइनमा छुने जस्ता घटनाले गर्दा काठमाडौँ र देशका अन्य भागमा बिजुलीको निर्वाध प्रवाहमा समस्या परेको हो ।

ती बाहेक कतै कतै स्थानीय आगलागीजस्ता दुर्घटना, पोल सार्ने कार्य, ट्रान्सफर्मरमा गडबडी वा नियमित मर्मतसम्भारका कारण पनि बिजुली गएको हुनसक्ने प्रधिकरणले जानकारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button