शिक्षा स्वास्थसमाचार

गाई भैंसीलाई लम्पी स्किन रोगबाट कसरी बचाउने ?

Lumpy Skin

Gobal IME Bank

काठमाडौँ। लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिने यो पक्स भाइरस (विषाणु) समूहको लम्पी स्किन भाइरले लाग्ने रोग हो । अफ्रिकी महादेशमा मात्रै सिमित यो रोग सन् २०१२ पश्चात मध्य पूर्व, दक्षिण पूर्वी युरोप, रसिया, काजकिस्तान हुँदै सन् २०१९ जुलाईमा बंगलादेश र चीन तथा सन् २०१९ को अन्त्यतितर भारतमा समेत देखा पर्न थालेको थियो ।

लम्पी स्किन रोग नेपालमा वि।सं। २०७७ सालमा मोरङ जिल्लामा पहिलो पटक देखिएको पुष्टि भएको हो । हालसम्म यो रोग नेपालको ७६ जिल्लामा महामारीको रुपमा फैलि रहेको छ ।

सामान्यतः यो रोग नेपालमा फैलिँदै जानुमा खुल्ला सिमा-नाका पनि एउटा मुख्य कारण हो । रोगी पशुको सम्पर्क र लामखुट्टे, किर्ना¸जुम्रा र डान्स (पाटेझिंगा) को टोकाईबाट एक पशुबाट अर्को पशुमा सक्रमंण हुनु रोग फैलिनुको प्रमुख कारण हो । यो रोगको कारणबाट किसानहरुले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु परिरहेको छ ।

मुख्य लक्षणहरु

(१०४) फारेन्हाइट भन्दा माथि ज्वरो आउने,
शरीरको विभिन्न भागहरूमा गिर्खा हरु आउने,
खुट्टा सुन्निने,
दूध दिने पशुहरुमा दूध उत्पादन ८०५ ले घट्ने,
गर्भवती पशु तुहिन सक्ने र बाँझेपना हुन सक्ने,
आँखा बाट कचेरा आउने,
घाँटीको भाग नजिक नशा फुलीएको जस्तो (Lymph Node) सुन्निने,
अरुचि हुने, दुब्लाउँदै जाने र अन्त्यमा मृत्यु पनि हुन सक्ने,

रोगसर्ने माध्यम

लामखुट्टे, किर्ना, झिङ्गा, भुसुना आदिको टोकाईबाट
संक्रमित गाईभैंसीको ओसारपोसार बाट
रोगी पशुहरु सँगै राखेमा वा चराएमा

उपचार तथा रोकथाम 

भाइरसको कारणले लाग्ने रोग भएकोले यसको ठोस उपचार छैन ।
लक्षणको आधारमा उपचार गर्नुपर्छ ।
गिर्खाहरू फुटेर घाउ भएमा पोटास पानी ले सफा गर्ने ।
प्रतिरक्षा क्षमता बढाउन इम्युन केयर दिन नछुटाउने ।
लामखुट्टे, झिंगा आदिको संक्रमण रोक्न दैनिक कस्टिक सोडा, भिरकोन, फोर्मालिन, फिनाएल¸चुना, आदिले गोठ सफा गर्ने ।
स्वस्थ पशुहरूलाई रोगी पशुहरूबाट अलगै राख्ने ।
रोगविरुद्धको खोप लगाउने ।

यो रोगको ठोस उपचार नभएकाले पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा लक्षण अनुसारको उपचार गर्नु पर्छ । यस रोगविरुद्धको खोप लगाउने¸ रोग देखापरेको क्षेत्रबाट गाईभैंसीको ओसार पसार नगर्ने र गोठ वरिपरिको वातावरण सफा राख्नु नै यो रोगविरुद्धको मुख्य उपचार तथा रोगथाम हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button