अन्यसमाचार

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवस

World Day against Trafficking

Gobal IME Bank

काठमाडौँ। आज अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी रुपमा प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ ।

यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौं, कसैलाई न्यायबाट बञ्चित नगरौं’ भन्ने नारासहित यो दिवस मनाइँदैछ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको गर्न सन्देश दिएको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य पारेको अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन जस्ता कार्यका लागि भइरहेको हुन्छ ।

संयुक्त राष्ट्रसंघका अनुसार विश्वव्यापी संकट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानता कारणले असर परेका लाखौं मानिसहरु मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । गरीबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गर्छन् ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको लागूऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रति प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मानव बेचबिखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा पनि बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीपुर्ण बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानूनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको भनाइ छ ।

‘मानव बेचविखन तथा ओसारपसार नियन्त्रण गर्न हाम्रा कानून अपुग र अव्यावहारिक भएको समाजशास्त्रीहरु भन्छन् । पहिल्यै लोभलालच वा झुक्याएर बेचबिखन हुन्थ्यो, अहिले यसको आयाम फराकिलो भएको छ । अहिले महिला मात्र होइन, पुरुष पनि यसको जोखिममा परेका छन् ।

गरिवीको फाइदा उठाउदै वा कतिलाई वैदेशिक रोजगारीको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजालमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको उदारहणहरु प्रसस्तै भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न हरेक राष्ट्रको सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्छ ।

नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएको छ तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button