मुख्य समाचारसमाचार

मधेस प्रदेशः प्रदेशसभाको पहिलो अधिवेशन आज

Gobal IME Bank

जनकपुरधाम । मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेको अध्यक्षतामा सुरु हुन लागेको अधिवेशनको पहिलो बैठकको सम्भावित कार्यसूचीमा चार वटा विषय रहेका प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ ।

त्यस्तै प्रदेशसभा कार्यसञ्चालन नियमावली, २०७५ अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेश गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन हुने सचिव यादवले बताउनुभयो ।

बैठकमा अधिवेशन प्रारम्भ भएको अवसरमा प्रदेशसभामा रहेका दलका प्रतिनिधिले वक्तव्य दिने र नियमावलीको नियम ७ बमोजिम सभामुखको निर्वाचनको मिति तोक्नेसम्बन्धी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्थानुसार यही पुस १४ गते प्रदेश प्रमुख हरिशङ्कर मिश्रले अधिवेशन आह्वान गर्नुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button