मुख्य समाचारसमाचार
मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त
काठमाडौं । मधेस प्रदेशले नयाँ मुख्यमन्त्री पाएको छ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संसदीय दलका नेता सरोजकुमार यादव मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीका रुपमा नियुक्त हुनुभएको हो ।
यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नयाँ मुख्यमन्त्री नियुक्तको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।
यादवलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको हो।
पुस २९ गते मुख्यमन्त्रीको शपथ ग्रहण हुनेछ।