Grace Computer Jawalakhel
अन्यसमाचार

महावीर पुन “कानुन मिच्ने मलाई कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद”

Mahabir Pun

काठमाडौँ। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमा पुनले कानुन मिच्ने आफूलाई तुरुन्त कारबाही गरेकोमा गृह मन्त्रालयलाई धन्यवाद दिएका छन् ।

पुनले पदक लिलामीमा राखेपछि गृह मन्त्रालयले लिलामीमा राख्नु गैरकानुनी हुने र राखेमा रद्द हुने बताएको थियो ।

पुनले सामाजिक सञ्जालमा लेखेका छन् “गृह मन्त्रालयले कति छिटो थाहा पाएर मलाई सिंहदरबारमा बोलाई हाल्यो र कानुन पढेर सुनायो । अनि पो थाहा भयो मैले त कानुन उलंघन गरेको रहेछु । कानुन मिच्नेलाई ठोक्नु पर्छ भन्ने कुरामा मेरो पूर्ण सहमत छ । त्यसैले त्यो कानुन मैले मान्नु पर्छ र मान्छु । अब त्यो मेडल बेच्न नपाउने भयो । बरु कानुनमा उल्लेख गरे अनुसार ती पदकहरु गृह मन्त्रालयलाई नै फिर्ता जानेछ ।”

पुनले अन्तर्राष्ट्रिय मेडलहरु भने बिक्री गर्ने जानकारी आफ्नो पोष्ट मार्फत दिएका छन् ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button