समाचारसूचना प्रविधि

महावीर पुनले बनाए काेराेना संक्रमित बिरामीलाई अस्पताल लाने बाकस – GoodNews24

Gobal IME Bank

काठमाडौं- महावीर पुनकाे राष्ट्रिय आविष्कार केन्द्रले काेराेना संक्रमित बिरामीलाई लक्षित गर्दै बिरामीलाइ राखेर सुरक्षित रूपमा अस्पताल पुर्याउन सकिने बाकस निर्माण गरेकाे छ । नेपालमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रयास गर्दै आएको केन्द्रले उक्त बाकस बनाएकाे हाे ।

केन्द्रले यसअघि मास्क र पीपीइ अभाव रहेकाे बेला उत्पादन गर्न थालेकाे थियाे भने स्वाब संकलन गर्ने उपकरण तथा बुथ समेत निर्माण गरेको थियाे । पछिल्लाे पटक कोरोना संक्रमित बिरामीलाई नै अस्पतालसम्म सुरक्षित रुपमा लैजान मिल्ने बाकस निर्माण गरेको हाे ।

यसरी बनाइएकाे बाकस एम्बुलेन्समा प्रयाेग गर्न मिल्नेछ । बिरामीसँगै एम्बुलेन्समा रहने स्वास्थ्यकर्मी र चालकलाई सम्भावित कोरोना संक्रमणकाे जाेखिमबाट बचाउन यस्तो बाकस डिजाइन गरिएको आविष्कार केन्द्रका अध्यक्ष पुनले जानकारी दिए ।

पुनका अनुसार बाकसभित्र संक्रमित बिरामीलाइ सुताउन मिल्छ र बिरामी राखेपछि हावा छिर्न नसक्ने चेन लगाएर बन्द गरिन्छ । बाहिरको हावा भित्र पठाउन प्वाल राखिएको छ भने भित्रको हावा बाहिर फ्याँक्न अर्को प्वालमा छ, जिमा एन ९५ फिल्टर राखिएको छ । यसले बिरामीलाइ स्वास फेर्न सजिलाे हुनुका साथै अन्य व्यक्तिमा स्वासकाे माध्यमबाट संक्रमण हुने जाेखिम रहन्न ।

बाकस भित्र हावा पठाउन र भित्रको हावा बाहिर फ्याल्न ब्याट्रीबाट चल्ने पंखा जडान गरिएकाे छ । बाकसको डिजाइन, विकास र परीक्षणको काम पुरा भएको र केही दिनमै अस्पतालहरूमा उपलब्ध गराउने पुनले जानकारी दिए ।

यो पनि पढ्नुहोस् .. [irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button