मुख्य समाचारसमाचार

करारमा इन्जिनियरहरु नियुक्ति गर्दै काठमाडौं महानगर (सूचनासहित)

Gobal IME Bank
file photo

काठमाडौं । काठमाडौं महानगरपालिकाले करारमा इन्जिनियर नियुक्ति गर्नेभएको छ ।

एक सूचना प्रकाशित गर्दै सक्षम र योग्यले मात्र स्थान पाउनुपर्ने धारणाका साथ ‘लोकसेवा आयोगले बिभिन्न मितीमा लिएको परिक्षामा पास भएर पनि काम गर्न नपाएका (अस्थाई वा बैकल्पिक लिस्टमामा परेका ईन्जिनियरहरुलाई उनिहरुले प्राप्त गरेको स्कोर र योग्यताको आधारमा करारमा नियुक्ती गर्ने भएको हो ।

आ.व. ०७९/०८० मा श्री लोक सेवा आयोगले प्रकाशित गरेको विभिन्न विज्ञापन को सूचना नं २४५/०७९/८०, २४६/०७९/८०, २४८/०७९/८०, २६९/०७९/८०, २४९/०७९/८०, ३८६/०७९/८०, २५०/०७९/८०, २४७/०७९/८०, २५१/०७९/८०, २६१/०७९/८०, २६२/०७९/८०, २६३/०७९/८०, २६४/०७९/८०, २६५/०७९/८०, २६६/०७९/८० मा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएका सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर उम्मेदवारहरूका लागि भन्दै महानगरले करारमा इन्जिनियर नियुक्तिको सुचना जारी गरेको हो ।

जारी सुचनाका अनुसार सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र उम्मेदवारहरूले निवेदन दिनुहुन पनि भनिएको छ । त्यस्तै उम्मेदवारहरूले निवेदन, प्रवेश पत्रको प्रतिलिपि र स्नातक पास गरेको प्रमाणपत्र साथमा नै पेश गर्न पनि भनिएको छ । आठौं दिनदेखि तोकिएको मितिभित्र निवेदन दिने उम्मेदवारहरू मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने पनि जानकारी गराईएको छ ।

प्रकाशित सुचना हेर्नुहोस्:

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button