मुख्य समाचारसमाचार

मलेसियामा बन्धक भएकामध्ये ६ जना नेपाली श्रमिकहरु भोलि स्वदेश फर्किँदै

प्रधानमन्त्री प्रचण्डको पहलमा ६ जना मंगलबार स्वदेश फर्किन लागेका हुन् ।

Gobal IME Bank

काठमाडौ । मलेसियामा बन्धक बनाइएका १९ जना नेपाली श्रमिकहरु नेपाल फर्किने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलमा ६ जना भने मंगलबार नै स्वदेश फर्किन लागेका हुन्।

श्रमिकलाई बन्धक बनाएको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनीहरूको उद्धार गर्न सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई निर्देशन दिनुभएको थियो ।

पिआरएस फोरेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गर्न गएका सबै श्रमिकहरूलाई म्यानपावर कम्पनीले खर्च व्यहोर्ने गरी एक नेपाली होटलमा खाने र बस्ने व्यवस्था गरिएको मलेसियास्थित नेपाली राजदूतावासले प्रधानमन्त्री कार्यालयलाई बताएको छ ।

रोजगारीका लागि मलेसिया पुगेका १९ जना नेपाली ८ दिनदेखि बन्धक भएका खबर सार्वजनिक भएको थियो।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button