मुख्य समाचारसमाचार

माओवादीले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

Gobal IME Bank

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले सोमबार प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

माओवादीले राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको विषयलाई प्रतिबद्धतापत्रमा महत्वका साथ उल्लेख गरेको सो पार्टीले जनाएको छ ।

माओवादीले सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा एक कार्यक्रमको आयोजना गरी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने जानकारी दिएको छ । यसअघि माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षमा आफ्नो धारणा राख्दै आएको भएपनि संविधान निर्माणको क्रममा सहमति खोज्न भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री प्रणाली स्वीकार गरेको थियो ।

विसं २०७४ को निर्वाचनमा राजनीतिक स्थिरताका लागि भन्दै वामगठबन्धन गरेर झण्डै दुई तिहाई जनमत प्राप्त गरे पनि दुई-दुई पटक प्रतिनिधिसभा विघटन भएकाले शासकीय प्रणालीमा सुधार जरुरी रहेको प्रसङ्ग माओवादीले प्रतिबद्धतापत्रमा राखेको सो पार्टीले जनाएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button