समाचार

किन अमेरीकामा बढ्दै छ ‘मास सुटीङ’ ?

Gobal IME Bank

एजेन्सी । मानव जातिलाई गन र गडले बचाउँछ भन्ने मान्यता र विश्वास गर्ने अमेरिकाका सर्वसाधाराणका त्यही गन नै अहिले त्रास बनेको छ उनीहरुको जीवनमा ।

मास सुटीङ हामीले नसुनेको शब्द होइन । अमेरीकामा अहिले यस प्रकारको घट्नाको बारेमा धेरै समाचार हामी सुनी रहेका हुन्छौ । सन् २०२३ मा भएको मास सुटिङको तथ्याङ्क ‘गन आर्काइभ’ मा हेर्न सकिन्छ । २०२३ मा मात्र भएको मास सुुटिङको संख्या हाल सम्म १९० पुगेको छ । यो निकै चिन्ताजनक विषय हो । किन यति धेरै मास सुटिङ अमेरीकामा भइरहेका छन् ?

‘गन आर्काइभ’ को अनुसार चार वा चार जना भन्दा बढी मानिसको कसैले गोली प्रहार गरी हत्या गरेको खण्डमा यसप्रकारको घट्नालाई मास सुटिङ भनिन्छ । सन् २०२२ मा पनि ६४७ भन्दा बढि संख्यामा मास सुटिङ भएको तथ्याङ्क छ ।

अमेरीकामा बढ्दो मात्रामा भई रहेको मास सुटिङ स्कुल र मलमा भइरहेका छन् । सर्वसाधारण मानिस सप्तान्हको बेलामा घुम्न निस्किन त डराएका छन् नै साथै आमाबुवा आफ्ना छोराछोरीलाई स्कुल पठाउन पनि डराइरहेका छन् । सन् २०२३ को तीन महिना भित्र अमेरीकामा स्कुल मास सुटिङको संख्या ४०० पुगेको छ ।

यो हप्तामा भएको मास सुटिङको समाचार जता पनि हामी देखिरहेका छौँ सुनिरहेका छौँ । टेक्सेसको आउटलेट मलमा भएको मास सुटिङमा ८ जनाले ज्यान गुमाएको जानकारी विभिन्न संचार माध्यमले दिइरहेका छन् ।

यसप्रकारका घट्ना प्राय एक किसिमको नै हुने गर्छन् विशेष गरी स्कुल मास सुटिङको घट्नामा धेरै समानता पाइने गरेको छ । यसप्रकारको घट्नामा अपराधी किशोर किशोरी हुने गरेको हामीले देखेका छौँ । कसरी यी किशोरकिशारीहरु यसप्रकारको अपराधको बाटो रोज्न पुग्छन् ? यस विषयलाई गभ्भिरतापुर्वक सोच्नु पर्छ किनभने यसप्रकारको घट्ना विगत पाँच दशक देखि अमेरिकामा भइरहेका छन् र यसको समाधान अमेरीकी सरकारले गर्न नसकेको प्रष्ट रुपमा अहिलको घट्नाबाट देख्न सकिन्छ ।

अमेरीकामा घरमा गन राख्नु सामान्य कुरा भए पनि अहिले भने यो कानुन निकै रिस्की भएको छ । कुन समयमा कसले गोली प्रहार गर्ला कि भन्ने त्रासमा रहेको सर्वसाधारणहरु बताउने गर्छन् । यसको समाधानको लागि हरेक वर्ष चुनावमा बन्दुक नियन्त्रणको मुद्दा त निस्किन्छन् तर यसको विरोध गर्ने पनि उति नै मात्रामा निस्किन्छ । बन्दुक नियन्त्रण त एक समाधान हो नै तर विधार्थीको मानसिक स्वास्थ्यमा पनि अमेरीकी स्कुलले ध्यान दिन जरुरी छ । मास सुटिङ गर्ने किशोरकिशारीहरु मानसिक रुपमा अस्थिर भएको विभिन्न स्टडी र उनीहरुले दिएको इन्टरभ्यूबाट हामी थाहा पाउन सक्छौँ । यी बच्चाहरु स्कुल बुलिङको शिकार भएका हुन्छन् उनीहरुलाई रिज्क्टेट महसुस गराइएको हुन्छ । यस्ता गतिविधिको कारण मानसिक तनाव र आक्रोस उनीहरुमा उत्पन्न हुन थाल्छ र उनीहरु मास सुटिङ जस्तो अप्रिय अपराधको बाटो रोज्ने गर्छन् ।

सेफ प्लेस मानिने स्कुल नै अहिले अमेररिकामा खतरनाक स्थल बन्न पुगेको छ । बिहान पढ्न पठाएको आफ्ना बच्चाहरु फर्किन्छन् कि फर्किदैनन् भन्ने डरमा जीवनयापन गरिरहेको छन् अमेरिकी प्यारेन्ट्सहरु ।

अमेरीकाका स्कुलले आफ्नो विधार्थीको लागि सेफ स्पट बनाउन अति आवश्यक छ । उनीहरुलाई आफ्नो कुरा भन्न मिल्ने वातावरण बनाउन जरुरी छ । स्कुल बुलिङ अमेरीकाको लागि नौलो कुरा नभए पनि यसको समाधान गर्न अति आवश्यक छ । अमेरीकी जीवनशैली यति धेरै व्यस्त र अव्यवस्थित हुन्छ कि परिवार एक अर्का सँग बसेर समय बिताउन पनि मुस्किल हुने गर्छ । एन्जाइटी र डिप्रेसनका शिकार आमाबुवा स्वस्थ जीवनशैली कायम गर्न नसक्दा यसको असर मानसिक रुपमा बच्चालाई समेत हुने गर्छ । यस्तो अवस्थामा यदि बच्चा आफ्नो स्कुलमा मात्र सुरक्षित महसुस गर्न सक्यो र आफ्ना कुरा साथीभाई र टिचर सँग सेयर गर्न सक्ने वातावरण बन्यो भने पनि उनीहरुलाई ठुलो मद्दत प्राप्त हुन्छ ।

यो घट्ना नेपालमा नघटे पनि धेरै नेपाली विधार्थीहरु अमेरीका जाने गरेका छन् र यसप्रकारको मास सुटिङको सिकार पढ्न गएका आफ्ना बच्चा होलान कि भन्ने डर र त्रास नेपालमा रहेको आमाबुवाले पनि महसुस गरिरहेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button