अन्यसमाचार

एम्बाप्पे साउदी अरब जालान् त ?

Mbappe

Gobal IME Bank

फ्रान्सकी फुटबल पत्रकार लिजा लरूका अनुसार २५.९ करोड पाउन्डको प्रस्तावबाट एम्बाप्पे एउटा युगलाई प्रतिविम्बित गर्ने खेलाडीू भएको बताउँछिन्। तर एम्बाप्पे पैसाकै लागि त्यहाँ नजाने उनको विश्वास छ।

साउदी अरब गएको खण्डमा एम्बाप्पे फुटबलको अहिलेसम्मकै सर्वाधिक महँगा खेलाडी बन्ने छन्। त्यससँगै यसअघि डिसेम्बरमा म्यान्चेस्टर यूनाइटेडबाट अल नासर सर्दा १७.७ कडरो पाउन्ड प्रतिवर्ष लिएर पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले बनाएको कीर्तिमान भङ्ग हुने छ।

तलब बाहेक अन्य व्यावसायिक व्यवस्थापन र तस्बिरहरूको सर्वाधिकारसहितका आधारमा उनले एक वर्षमा ७० करोड युरोसम्म आम्दानी गर्न सक्ने अनुमान गरिएको छ।

“कुनै पनि खेलाडीलाई यति तलब फुटबलमा दिइएको छैन र मलाई लग्छ एक वर्षमा खेलको इतिहासमा नै कसैले पनि यति पाएको छैन,” लरू भन्छिन्, “उनले प्राप्त गर्ने तलब ऐतिहासिक र ज्यादै आकर्षक हुने छ।”

“त्यो भनेको प्रतिमहिना ५.९ करोड युरो र प्रतिदिन झन्डै २० लाख युरो हुन्छ।”

फ्रान्सका फुटबलविज्ञ जुलियाँ लोँरान्स त्यसमा सहमत जनाउँछन। उनी पनि एम्बाप्पे साउदी अरब नजाने ठान्छन्।

“उनी त्यहाँ जान चाहँदैनन्। जब पीएसजीले हामीले एम्बाप्पेसँग कुरा गर्न अनुमति दियौँ भनेर भन्यो, उनले अल हिलालसँग कुरा गर्न चाहेनन्। यो उनका लागि पैसाको कुरा होइन।”

“उनी सम्भव भएसम्म सबै ट्रफी जित्न चाहन्छन्,” उनले भने। अहिले २४ वर्ष भएका एम्बाप्पेको चाहनामा साउदी लीगमा जानु नपर्ने उनको ठम्याइ छ।

                                                                                                                                                                 स्रोत: बिबिसि

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button