गुड न्यूज 24समाचारसूचना प्रविधि

इन्टरनेटमा नयाँ रेकर्ड कायम गर्यो थ्रेड्सले , सार्वजनिक भएको ७ घण्टामै १ करोड प्रयोगकर्ता

Meta App Threads

Gobal IME Bank

काठमाडौं । इन्स्टाग्रामको एप थ्रेड्सले सार्वजनिक भएको सात घण्टामा नै एक करोड बढी प्रयोगकर्ता पाएर इन्टरनेटमै नयाँ रेकर्ड कायम गरेको छ । बिहीबारदेखि औपचारिक रूपमा सुरु भएको थ्रेड्सले सात घण्टामै उक्त करोडको आँकडा पार गरेको हो ।

यसअघि गत नोभेम्बरमा च्याटजीपीटीले सार्वजनिक भएको पाँच दिनमै १० लाख प्रयोगकर्ता पाएर कम समयमा १० लाख प्रयोगकर्ताको रेकर्ड राखेको थियो । थ्रेड्सले भने सात घण्टामा एक करोड बढी प्रयोगकर्ता पाएर नयाँ रेकर्ड राखेको हो ।

थ्रेड्स ल्याउने एप इन्स्टाग्रामलाई पनि १० लाख प्रयोगकर्ता पार गर्न साढे दुई महिना लागेको थियो । ६ अक्टोबर २०१० मा सार्वजनिक भएको इन्स्टाग्राम त्यसबेला कम समयमा १० लाख प्रयोगकर्ताको आँकडा पार गर्ने प्लेटफर्म बनेको थियो ।

त्यस्तै म्युजिक स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईलाई दश लाख प्रयोगकर्ताको आँकडा पार गर्न पाँच महिना लगाएको थियो । यता फेसबुकले १० महिना, ट्वीटरले दुई वर्ष, नेटफ्लिक्सले साढे तीन वर्षमा दश लाख प्रयोगकर्ताको आँकडा पार गरेका थिए ।

इन्स्टाग्रामको टिमले तयार पारेको थ्रेड्स ट्वीटर जस्तै एप हो, जसमा प्रयोगकर्ताले ५०० क्यारेक्टरसम्म लामा स्टेटसहरु पोस्ट गर्न सक्छन् । बिहीबार औपचारिक रुपमा सार्वजनिक भएको थ्रेड्सले ट्वीटरको लागि चुनौती सिर्जना गर्ने ठानिएको छ ।

इन्स्टाग्राम अकाउन्टबाटै लगइन गर्न सकिने यो एपमा तस्वीर, शर्ट, उच्च गुणस्तरका भिडिओ समेत पोस्ट गर्न सकिन्छ ।

यो एपमा एक अर्बभन्दा बढी मानिसले सार्वजनिक कुराकानी गर्न सक्नेछन्, थ्रेड्स सार्वजनिक भएपछि मेटाका मालिक मार्क जुकरबर्गले भनेका छन्, “ट्वीटरसँग यो अवसर थियो, तर गर्न सकेको छैन । आशा छ हामी त्यो गर्नेछौं ।”

मस्कले गत अक्टोबरमा ४४ अर्ब अमेरिकी डलरमा ट्वीटर खरिद गरेका थिए । त्यस लगत्तै उनले हजारौं कर्मचारीलाई कामबाट निकाले र कन्टेन्ट मोडरेसन नीति समेत लत्याइदिए । अहिले पछिल्लो विवादित नीतिगत परिवर्तन गरिएको छ, जसमा ट्वीटर प्रयोगकर्तालाई दैनिक पढ्न सक्ने ट्वीटको सीमा राखिएको छ ।
यद्यपि त्यसलाई मस्कले बट तथा डेटा स्क्र्याप गर्ने कार्यको सामना गर्न अस्थायी रुपमा लागू गरिएको भनेका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button