Grace Computer Jawalakhel
शिक्षा स्वास्थसमाचार

मेथीको सागको टुसा उमारेर खाँदा शरीरलाई फाइदै फाइदा

एजेन्सी । शरीरलाई स्वस्थ राख्न र विभिन्न रोगहरुको संक्रमणबट बचाउनका लागि हामीले खानपानमा विशेष ध्यान दिनुपर्छ। खानामा प्रशस्त मात्रामा सागसब्जी खाँदा विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

मेथीको दाना हामी नियमित रूपमा तरकारीमा प्रयोग गर्छौँ। मेथी फुराउँदा तरकारी स्वादिष्ट बन्ने मात्र नभई स्वास्थ्यका लागि समेत प्रभावकारी हुन्छ।

मेथीलाई भिजाएर अंकुरेको अथवा टुसा उमारेर खाँदा विभिन्न रोग निर्मूल हुन्छ। मेथी मात्र होइन, यसको साग पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। मेथीको साग अझ स्वास्थ्यका दृष्टिले तुलनात्मक रूपमा बढी नै उपयोगी छ। यसले चिसोका साथै अन्य शारीरिक समस्याबाट पनि जोगाउँछ।

मेथीको साग नियमित खाँदा रक्तचाप नियन्त्रण हुन्छ। मेथीको सागमा प्रचुर मात्रामा एमिनो एसिड हुने भएकाले यसले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्न सक्छ।

मेथीको सागमा गेलोप्टोमाइनन नामक तत्त्व हुन्छ जसले हाम्रो मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ। नियमित रूपमा मेथीको साग खाँदा कोलेस्ट्रोल नियन्त्रण हुन्छ।

मेथीको सागमा प्रशस्त मात्रामा फाइबर र एन्टिअक्सिडेट हुन्छ। नियमित रूपमा यसको सेवन गरे शरीरमा भएका विकार बाहिर निकाल्न मद्दत मिल्छ। नियमित रूपमा मेथीको साग खाने गर्नाले मोटोपनाको समस्या हुँदैन।

मेथीको सागलाई पानीमा उमालेर नियमित रूपमा मुख धुने गर्नाले अनुहारको पोतो तथा चाया हट्छ।

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
chinese language institute in lalitpur nepal
Oppazz

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button